२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

आजदेखि एसईई परिक्षा सुरु, अर्घाखाँचीमा ३२७५ विद्यार्थी परिक्षामा सहभागी

Workplace

नविन रसाईली अर्घाखाँची । देशभर आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो ।

आजदेखि सुरु भएको परिक्षा चैत २९ गतेसम्म चल्ने छ । परिक्षामा देशभर करिब ५ लाख परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोडले जनाएको छ । एसईईका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसैबिच अर्घाखाँचीमा एसईईका लागि नियमित तर्फ ३,१८६ विद्यार्थी सहभागी भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । नियमित तर्फ छात्रा १५९४ र छात्र १५९२ जना सहभागी रहेका छन् । यस्तै ग्रेडवृद्धि तर्फ छात्रा ५४ छात्र ३५ गरि ८९ विद्यार्थी सहभागी भएका छन् । दुबै तर्फ गरि कुल ३२७५ विद्यार्थी परिक्षामा सहभागी भएका छन् ।

जिल्लाभर १७ वटा परिक्षाकेन्द्रमा शान्तिपुर्ण रुपमा परिक्षा सुरु भएको छ । १७ वटा परिक्षा केन्द्रमा १७ जना केन्द्राध्यक्ष, २४ जना सहायक केन्द्राध्यक्ष, ६४ जना निरिक्षक, ३३ जना सहायक कर्मचारी र ६७ जना कार्यालय सहयोगी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै