बारा २ मा रास्वपाबाट चुनाव लड्ने रमेश खरेलको घोषणा

Workplace

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष एवं पूर्व डीआइजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा चुनाव लड्ने भएका छन्। वैशाख १० मा हुने उपनिर्वाचनमा उनले रास्वपामा आवद्ध भएर बारा–२ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।

Workplace

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आवद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु। डाक्टर प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु। राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबद्ता।’

२०७८ साल मंसिर २४ गते नेपाल सुशासन पार्टी खोलेका खरेलले गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका थिए। उनी सो निर्वाचन क्षेत्रमा ३ हजार १ सय २४ मतका साथ तेस्रो भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ मा कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ। नागरिकता विवादमा सांसद पद गएपछि रवि लामिछाने पुनः चितवन २ बाट उम्मेदवार बन्ने भएका हुन्।

तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ सांसद पद खाली छ। यस्तै बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको हो।

श्रोतः थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै