चुनढुङ्गा उत्खनन तत्काल रोक्नुपर्ने कडा चेतावनी (भिडियो सहित)

Workplace

सुमन अर्याल अर्घाखााँची । अर्घाखाँचीको सन्धिखर्क ७ खाचिकोट तिनपानेमा भइरहेको चुनढुङ्गा उत्खनन स्थानीय सरोकारवाला ले कम्पनीले भने बमोजिम कार्य नगरेको र स्थानीयका मागलाई बेवास्ता गरेको त्यस्तै मात्र नाफा उन्मुख भएको भनी समाजको उत्थानको लागि अनिश्चित कालको लागि खानी उत्खनन तत्काल रोक्नु पर्ने माग केहि शर्त सहित भुगर्भ सिमेन्ट को कार्यलयमा बुझाईयको छ।

Workplace

सोही ठाउँमा स्थानीय सरोकार र स्थानीय विभिन्न राजनीतिक दलहरु को उपस्थिति थियो।

भबिश्यमा खानी उत्खनन के गर्ने भन्ने सम्बन्धमा एउटा बृहत भद्र सहमति हुनु पर्ने र यहाको पर्यटकीय सम्भावना लाई पनि ख्याल गर्नुपर्ने अहिले कुरुप बनायर भबिस्यमा पछुतो मान्न नपरोस भन्दै बेलैमा सबै सजग भै गम्भीर बन्नुपर्ने उपस्थित सबैको राय थियो।

उक्त कार्यक्रममा काङ्ग्रेस का जिल्ला सदस्य गोपाल भुसाल ,एमाले नगरकमिटी सदस्य दुमान थापा ,जनमोर्चा को तर्फबाट पदम ब केसि र स्थानीय बुद्धि जिबि बिष्णु थापाले आफ्ना भनाई हरु प्रस्तुत गरेका थिए।

हेर्नुहोस् यो भिडियो सामग्रीहरु। https://youtu.be/rc2yF_xyJ70

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै