
नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लामा १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आज आइतबार देखि जिल्लाको सन्धिखर्कमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पुर्व उपप्रधनमन्त्री तथा प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।

उद्घाटन शत्रमा मन्तव्य राख्दै रायमाझीले मानव जीवनमा खेलकुद अपरिहार्य रहेको बताए । उनले खेलकुद क्षेत्रको विकासको लागि आफु निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तर लाग्ने बताए । रायमाझीले यस्ता खाले खेलकुदरु निरन्तर रुपमा संचालन हुनुपर्ने बताए ।

प्रतियोगितामा ६ विधाका खेलका धेरै इभेन्टहरु हुने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले जनाएको छ । प्रतियोगितामा जिल्लाका ६ वटा स्थानियहरुका खेलाडीहरुले प्रतिस्पधा गर्ने छन् । यस अघि ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले जितेको थियो । अहिलेको उपाधी आफनो हातमा पार्नको लागि सबै स्थानिय तहका खेलाडीहरु प्रतिस्पर्धामा छन् । खेल आगामी फागुन १६ गतेसम्म चल्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका कार्यालय प्रमुख जनार्दन गैरेले जानकारी दिए । उनले प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाण–पत्र पाउने बताउदै विजेता टोली प्रदेश स्तरिय खेलमा खेल्न पाउने बताए ।


