संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँची द्धारा प्रमुख जिल्ला अधिकारी अर्याललाई स्वागत ।

Workplace


सागर परियार

Workplace

अर्घाखाँची । संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीले अर्घाखाँची जिल्लामा भर्खर मात्र सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई स्वागत गरेको छ । बिहीबार सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त दलित अधिकारकर्मी संजालले प्रमुख जिल्ला अधिकारीलाई औपचारीक रुपमा स्वागत गरेको हो ।

स्वागत कार्यक्रमको लागि प्रजिअ अर्यालले धन्यवाद ज्ञापन गर्दै जिल्लाको शान्ति सुरक्षा र सुशासनको विषयमा ढृणता पुर्वक लाग्ने बताउनुभयो । उहाँले जिल्लामा दलितहरु माथि हुने जुन कुनै पनि विभेदलाई न्युनिकरण लागी कुनै पनि कसर बाकि नराख्ने र आवश्यक मागहरुलाई पनि सम्बोधन गर्ने बताउनुभएको थियो । स्वागत कार्यक्रममा संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीका संयोजक विष्णु परियार, सदस्यहरु ठाकुर सौराग आदर्श, दिनेश सुनार, मनिराम परियार, कुल बहादुर नेपाली, राजेन्द्र नेपाली, सागर परियार, इमान सिहं नेपाली, केश सुनार लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै