अर्घाखाँचीको विकासमा सबै पक्ष एक हुनुपर्छः राज्यमन्त्री सिर्पाली

Workplace

नविन रसाईली अर्घाखाँची । समग्र अर्घाखाँची जिल्लाको विकासमा सबैपक्ष एक हुन आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली (ठकुरी)ले बताउनुभयो । सनिवार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको सम्मान कार्यक्रममा मन्तव्य राख्दै राज्यमन्त्री सिर्पालीले यस्तो बताउनुभएको हो । उहाँले सबै राजनैतिक दल, सरोकारवाला पक्ष लगायत सम्बन्धीत सबैले हातेमालो गरेर ढृणता पुर्वक विकासमा लाग्नुपर्ने बताउनुभयो ।

Workplace

उहाँले भन्नुभयो “अर्घाखाँचीका जनताले अनुभुती गर्ने खालको विकास अझै हुन सकेको छैन्, देशमा भएका विभिन्न परिवर्तनले राज्यको व्यवस्था फेरियो तर जनताको अवस्था अझै जस्ताको त्यस्तै रहेको छ, हामीले जनताको अवस्था फेर्न सक्यौ भने मात्र बल्ल जनताले व्यवस्था परिवर्तनको महशुस गर्नेछन् । भौतिक विकास विभिन्न तवरले भइरहेका छन् अव हामीले आर्थिक विकास गर्नुपर्ने भएको देखिन्छ ।”

राज्यमन्त्री सिर्पालीले अर्घाखाँचीको विकासका लागि गुरुयोजना बताउने तयारी रहेको बताउनुभयो । उहाँले जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई संरक्षण र स्तरोन्नति गरि आर्थिक आयआर्जन गर्न सकिने बताउदै जिल्लाका पर्यटकीय क्षेत्रहरुलाई सुचिकृत गर्न आवश्यक रहेको बताउनुभयो । उहााँले भन्नुभयो “अन्य जिल्लाहरुका सामान्य चिजहरु पनि पर्यटकीय क्षेत्रमा सुचिकृत भएका छन् तर अर्घाखाँचीको सुपा देउराली जुन राष्ट्रय अन्तराष्ट्रिय क्षेत्रमै परिचित छ, त्यो पनि अहिले सम्म सुचिकृत भएको छैन्, यस्ता सुचिकृत नभएका पयटकीय स्थलहरुलाई सुचिकृत गरेर उत्पादन सँग जोड्ने कुराको गुरुयोजना बनाएर जानुपर्छ ।”

सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रय सदस्य तथा जिल्ला सहईन्चार्ज ठाकुर कुमार विक, केन्द्रिय बैकल्पिक सदस्य छमकुमारी खनाल (चिनारी), माओवादी केन्द्र जिल्ला संयोजक राजेन्द्र भुसाल, पत्रकार महासंघका निर्बतमान जिल्ला अध्यक्ष हिम जिसी (लेकाली) लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता, सहसचिव हृदय कुमार भुसालको स्वागत मन्तव्य र सचिव विनोद गैरेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै