
हृदय भुसाल अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाड न १० धन्चौरमा रहेको जनजागृति माध्यमिक बिधालयमा नमुना बिधालय कार्यक्रम अन्तरगत निर्माण हुन लागेको भवन आज एक कार्यक्रमका बीच नगर प्रमुख झबिलाल थापा र नगर उपप्रमुख बालकृष्ण बन्जाडे सिलान्यास गर्नु भएको छ ।

नयाँ भवनको सिलान्यास गर्दै नगर प्रमुख थापा बिधालयको भौतिक निर्माण संगै शिक्षाको गुणस्तरलाई वृद्धि गर्नु पर्ने बताउनु भयो । प्रमुख थापाले शिक्षाको बिकास बिना समग्र बिकास हुन नसक्ने भन्दै सबै एक भयर बिकास निर्माणको काममा लाग्नु पर्ने बताउनु भयो ।
सिलान्यास कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडेले नगरको तर्फ बाट हुने सबै किसिमको सहयोग जतिबेला पनि हुने भन्दै शिक्षक,बिद्यार्थी,अभिभाबक सबैले बिधालयलाई साच्चिकै नमुना बनाउन लाग्नु पर्ने बताउनु भयो ।
सिलान्यास कार्यक्रममा वाड अध्यक्ष खगेस्वर पन्थी,बिधालय ब्यबस्थापन समितिका पदाधिकारी निर्माण समितिका सदस्य हरु,शिक्षक,अबिभाबक ,प्राबिधिक,चन्दा दाता,जग्गा दाता सरोकारवालाहरुको सहभागी रहेको थियो । कार्यक्रममा प्रधानध्यापक पिताम्बर खनाल शिक्षक पुन्डरीलाल गैरे,निर्माण समिति अध्यक्ष पुर्ण बहादुर भट्टराई,सचीव पुनाराम भट्टराईले सहजीकरण गरेको पत्रकार हृदय भुसालले जानकारी दिनु भएको छ