पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

Workplace

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।

Workplace

गएराति १० बजे रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएका उनले बताए।

मृत्यु हुनेमा सबै महिला छन्। मृत्यु हुनेमा वर्ष ५४ की खीमकुमारी राना, वर्ष ११ की सरुमाया घिमिरे, वर्ष ३३ निर्मला घिमिरे, वर्ष ४५ कि बुनु गाहा, वर्ष २१ की दान कुमारी खत्री र वर्ष १९ कि बिना पाण्डे रहेका छन्।

घाइते सबैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै