अर्घाखाँची: मालारानी ६ डाँडाखर्कको एक गोठमा आगलागी

Workplace

नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. डाँडाखर्कको एक गोठमा आगलागी भएको छ । गएराति करिब ११ बजेको समयमा डाँडाखर्क सीता अधिकारीको गोठमा आगलागी भएको हो ।

Workplace

आगलागीमा भैसी र तीन वटा बाख्रा मरेका छन् भने गोठमा भएका दाउरा, घाँस लगायतका सामाग्री जलेर नष्ट भएको स्थानीय जनार्दन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार आगलागी हुँदा कति बराबरको क्षति भयो भन्नेबारे अझै यकिन भइसकेको छैन ।

आगलागी रातको ११ बजे भएको थियो भने प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । के कारणले आगो लाग्यो भन्नेबारे अझै जानकारी आएको छैन ।

हिजो बिहान पानी तताएको आगो रहदा बलुका त्यहीँ सल्केर लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । गोठको छानो खरको थियो ।

हिउँदको समय भएकाले सबैले आगो बालेपछि राम्रोसँग निभाउन अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै