
भैरहवा, पुस ५ । बैदेशीक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरि भैरहवामा हव इन्टरनेशनल एजुकेशनको शाखा कार्यालय शुभारम्भ गरिएको छ । काठमाण्डौमा प्रधान कार्यालय रहेको एजुकेशनको बुटवल, चितवन र पोखरा पछि यो ५ औं शाखा हो ।
भैरहवामा शैक्षिक परामर्शका लागि उत्कृष्ट मानीने रेटी इन्टिच्युट प्रा.लि.का सञ्चालन कृष्ण कुमार जैसवालले यसको शाखा कार्यालय सञ्चालन गरेका हुन् । यस क्षेत्रका विद्यार्थीहरुलाई बैदेशीक अध्ययनका लागि परामर्श दिने र विभिन्न देशमा अध्ययनका लागि जान सहजीकरण गर्ने उदेश्यले यसकोे शुभारम्भ गरिएको शाखा प्रमुख कृष्ण कुमार जैसवालले जानकारी दिए । जसका लागि आयल्स र पिटि क्लास सञ्चालन गरिएको उनले बताए । यस शाखाबाट अष्टेलिया, न्युजील्याण्ड, यु.के., आयरल्याण्ड, युएस, भारत र क्यानडा गरि ७ देशमा अध्ययनको लागि विद्यार्थीहरु लाई सहजिकरण गरिने उनले बताए । भैरहवामा विश्वासिलो कन्सन्टेन्सीको रुपमा स्थापीत गरि विद्यार्थीहरुलाई राम्रो शैक्षिक परामर्श दिने योजना रहेको उनले बताए ।
शाखा उद्घाटन कार्यक्रममा एजुकेशनका ब्रान्च कोडिनेटर प्रमोद खड्का, म्यार्केटीङ्ग म्यानेजर तारानाथ ढकाल, बुटबल शाखा प्रमुख अशोक पराजुली लगायतको उपस्थिती रहेको थियो ।