पाणिनीको सिम्ले गाउँ नै व्यवसायिक सुन्तला खेतीमा

Workplace

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेका दधिराम गौतमको बारीभरी सुन्तला फलिरहेका छन् । उनले सुन्तला खेतिबाट गतवर्ष ९ लाख आम्दानी गरेको सुनाए । यस वर्ष अझ धेरै सुन्तला फलेकाले आम्दानी पनि करिव १५ लाख सम्म हुने उनको अनुमान छ । ‘गएका वर्षहरुमा व्यपारीहरु घरमै आएर सुन्तला बुटवल,, तानसेन, पोखरा, सन्धिखर्क र भैरहवाको बजारमा लाने गर्थे’ । उनले भने ।

Workplace

सिम्लेको ४९ घरपरिवारको गाउँ नै सुन्तला खेतीमा लागेको छ । त्यहाँका स्थानियले अन्न उब्जने बारीमा समेत सुन्तला लगाएका छन् । उनिहरुले व्यवासायिक सुन्तला खेतिबाटै नै जीवनस्तर सुधार गरका हुन् । पाणिनीको सिम्ले गाउँमा मात्रै करिव ५ करोडको सुन्तला फलेको कृषकहरुको भनाई छ ।

अर्का कृषक रेवती प्रसाद पौडेलको बारीमा ५ सय ५५ बोट सुन्तलाका छन् । त्यी बोटहरुबाट यस वर्ष २ सय ४० क्विन्टलभन्दा बढी सुन्तला फलेको उनले बताए । उनको पनि यस वर्ष २५ देखि २८ लाख आम्दानी हुने सुनाए । ‘गएको वर्ष भन्दा यस वर्ष धेरै सुन्तला फल्यो आम्दानी पनि धेरै हुन्छ’ ।

पाणिनी गाउँपालिकाको सहयोगमा पोखराथोकमा शीत भण्डार निर्माण भएको छ । शीत भण्डार निमार्ण भएपछि कृषक अझ सुन्तला खेतीमा आर्कषक हुन थालेका छन् । मौसमी सुन्तला सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डार अर्थात् कोल्ड स्टोरमा राखेर बेमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएका छन् । ‘पहिला सुन्तला भण्डारण गर्न समस्या थियो, भण्डारण गर्न नसकेपछी सस्तो मुल्यमा बेच्नुपथ्र्यो केहि सुन्तलाहरु बिग्रीएर नष्ट हुँदा नोक्सान बेर्होनु पथ्र्यो । अहिले गाउँपालिकाले त्यो समस्यालाई ध्यानमा राखेर शीत भण्डार बनाइदिएको छ । हामीलाई सहज भएको छ’ । कृषकहरुले भने ।

यसो त पाणिनीको सिम्ले, पटौती, मैदान, छत्रदेवको अर्घातोष, भगवती, मालारानीको खन, साकिन्धारा, हंसपुरका किसानहरुले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् ।

अर्घाखाँचीमा १ हजार २ सय हेक्टरमा सुन्तला खेती हँुदै आएको छ भने व्यवसायिक सुतला खेती गर्ने किसानको संख्या १ हजार रहेको छ । यहाँ उत्पादन भएको सुन्तला सदरमुकाम सन्धिखर्क, कपिलवस्तु, बुटवल, भैरवहा र पोखरा लगायतका शहरहरुमा बिक्रि हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै