
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड ३ ले आज जेष्ठ नागरिक सम्मान र सुत्केरी र गर्भबति महिलालाई पोषण सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७९।८० को बजेटबाट २० जना ८० वर्ष पुरा भएका जेष्ठा नागरिकलाई एक एकथान बलाङ्गकेट , ६८ जना सुत्केरी र गर्भबतिलाई अन्डा ,चना जस्ता पोषण समग्री बितरण गरेको वडा अध्यक्ष जम्सेर मियाँले जानकारी दिनुभयो ।

त्यस्तै १२ जना ग र घ बर्गका अपाङ्गता भएका नागरिकलाई पनि बलाङ्गकेट दिएर सम्मान गरेको हो । उक्त कार्यक्रममा पुर्व वडा अध्यक्ष लिलाराम गौतमले यस वडाको शिक्षा, स्वास्थ्य , खानेपानी जेष्ठ नागरिक सम्मान लगायतका काममा २०७४ सालदेखि नै काम गदै आएको बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष जम्सेर मियाले वडाबासीको दुःख सुखमा आफुसधै साथमा रहेको बताउनु भयो । उनले जेष्ठ नागरिकको ज्ञान र सिपको सधै कदर गदै उहाँहरुको रायसुझाब लिएर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गनु भयो ।
सम्मान कार्यक्रममा वडा सदस्य पुनकला सोमै , टेकलाल गिरी , कुलदिप राना , पार्बता नेपाली , समाजसेवी गफार मिया , माधब गिरी लगायतको उपस्थिती रहेको थियो ।