
नवीन रसाइली अर्घाखाँची । प्रतिनिधि सभाको एउटामात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा मतगणना सम्पन्न भएको छ । अर्घाखाँचीमा नेकपा एमालेका टोप बहादुर रायमाझीले ४२,६७२ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसकि नेतृ पुष्पा भुसाल गौतमले ४०,९४५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेश सभाका दुई निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रदेश सभा (क) र प्रदेश सभा (ख) मा नेकपा एमालेले विजयी हासिल गरेको छ । प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्यले गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७४० मतको अग्रता सहित विजयी हुनुभएको छ । आचार्यले कुल २०,५१८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी केसीले १९,६७८ प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा (ख) तर्फ नेकपा एमालेमा रामजी प्रसाद घिमिरे विजयी हुनुभएको छ । उहाँ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कमल प्रसाद भुसाल सँग ८०१ मतको अग्रता सहित विजयी हुनुभएको हो । घिमिरेले २२,७७६ आउँदा गठबन्धनका उम्मेदवार भुसालको २१,९७५ मत आएको थियो ।
निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ ।