
नवीन रसाइली अर्घाखाँची । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा ८९ हजार ५ सय ३१ मत खसेको छ । यो कुल मतदाताको ५४ प्रतिशत मत हो ।
कुल १ लाख ६४ हजार ७६८ मतदाता रहेको अर्घाखाँचीमा ४० हजार ५ सय १३ पुरुष र ४९ हजार १८ महिला मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
