उत्पादन र युवा स्वरोजगार मेरो पहिलाे प्राथमिकता हुनेछः उम्मेदवार भुसाल

Workplace

हृदय भुसाल अर्घाखाँची । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुस्पा भुसालले अर्घाखाँची जिल्लाका जनतालाई आधारभुत अधिकारहरुको सुनिश्चित गराउदै सबै जनतालाई उत्पादनमुखी कार्यमा जोडी युवाहरूलाई रोजगारीका लागी बिदेश जाने अवस्थाबाट रोकि रोजगार दिने कार्यक्रम अगाडी बढाउने बताउनु भयो । भुसालले गछे भालुवाङ सडक लाई प्राथमिकता राखी छिटो नै कालो पत्रे गर्ने काम गरि कृषि र पर्यटनलाई प्राथमिकमा राखी काम गर्ने बताउनु भयो । महिला,दलित जनजाती लाई अधिकार सहित सबल र सक्षम बनाउने र सबै बर्ग समुदायलाई अनुभुती हुने गरि सरकारले नयाँ योजना ल्याउने बताउनु भयो ।

Workplace

नि:बर्तमान उप सभामुख समेत रहनु भएकी भुसालले भन्नु भयो, जनतालाई राज्यको अहिले जस्तो ससद कोशको बजेट बारे बेखबर राख्ने छैन, हरेक योजना आयोजना कार्यक्रम बारे जबाफदेहि,उतरदायी पारदर्शी गरि सुशासन सहितको बिकास लाई अगाडी बढाउने छु,मलाई भ्रमपुर्ण कुरा गर्नु छैन, गरेको कुरा देखिएको छ, र अबका दिनमा पनि देखीने गरि नै काम गर्छु, ।

नेकपा एकीकृत समाजबादीका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार जमुना सनमले सामाजिक न्याय सहितको समतामुलक समाज निर्माण गर्दै सबै खाले बिबेदको अन्त्य गरि बिकास र समृद्धिको यात्रामा तीब्र गतिका साथ अगाडी बढाउने बताउनु भयो ।

प्रदेश सभा क उम्मेदवार सागर केसीले अर्घाखाँची जिल्लाको बिकास लाई तीब्र गतिका साथ अगाडी बढाउदै जनताको माग र आबश्यकताको आधारमा जनताको काम लाई अगाडी बढाउने बताउने भयो । आज भुनपा १0 धन्चौर,ढिकुरा र किमडाडामा विभिन्न कार्यक्रम भएको नेताहरुले जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य महेन्द्र भुसाल प्रदेश सहमहामन्त्री बिष्णु खनाल मुस्कान, प्रदेश सदश्य, शान्ता भन्डारी,जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रिय सदस्य ठाकुर बिक किशोर जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, नेकपा एकीकृत समाजबादीका स्थायी कमिटी सदस्य आलोक रायमाझी केन्द्रिय सदस्य सुन्दर रायमाझी,जिल्ला अध्यक्ष राम बहादुर चौहान, रास्टिय जनमोर्चा जिल्ला उपाध्यक्ष गोपाल पौडेल,कल्पना पोख्रेल लगायतका नेताहरूले सम्बोधन गरेको नेपालि काग्रेस प्रचार बिभाग प्रमुख सुर्य भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै