
हृदय भुसाल अर्घाखाँची । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुस्पा भुसालले अर्घाखाँची जिल्लाका जनतालाई आधारभुत अधिकारहरुको सुनिश्चित गराउदै सुशासन मैत्री राज्यको निर्माण गरि जिल्लालाई आर्थिक हिसाबले अब्बल बनाउने बताउनु भयो ।साझा गठबन्धन अर्घाखाँचीका उम्मेदवार भुसालले सन्धिखर्क नगरपालिकामा विभिन्न चुनावी प्रचार प्रसार कार्यक्रमहरुलाई सम्बोधन गर्दै सन्धिखर्कलाई आकर्षक सहरको रुपमा बिकास गर्दै पर्यटकिय हिसाबले आकर्षक गन्तब्य बनाउने भन्दै नेतृ भुसालले अर्थिक बिकासमा उल्लेखनीय काम गरि अब सबैलाई उत्पादनको क्षेत्रमा जोड्दै आत्मनिर्भर बनाउने योजना तथा कार्यक्रम अगाडी बढाउने बताउनु भयो ।
नि:बर्तमान उप सभामुख समेत रहनु भएकी भुसालले भन्नु भयो, जनतालाई राज्यको अहिले जस्तो ससद कोशको बजेट बारे बेखबर राख्ने छैन, हरेक योजना आयोजना कार्यक्रम बारे जबाफदेहि, उतरदायी पारदर्शी गरि सुशासन सहितको बिकास लाई अगाडी बढाउने छु, मलाई भ्रमपुर्ण कुरा गर्नु छैन, गरेको कुरा देखिएको छ, र अबका दिनमा पनि देखीने गरि नै काम गर्छु, कृषि तथा पर्यटन क्षेत्रलाई बिकास गरि मुख्य आर्थिक उत्पादनको आधार निर्माण गरि युवा स्वरोजगारि श्रीजना गर्ने बताउनु भयो ।
प्रदेश सभा उम्मेदवार कमल भुसालले आफुले कुरा भन्दा पनि काम गरेर देखाउने बताउनु भयो । प्रदेश सभा ख का उम्मेदवार भुसालले बिकासका हिसाबले आफू नगर प्रमुख हुदा महत्त्वपूर्ण काम गरेको भन्दै अबका दिनमा पनि प्राथमिकता दियर काम गर्ने बताउनु भयो । नेता भुसालले जनतालाई चुनावमा बोलेका कुरा पूरा गर्ने समेत बताउनु भयो ।