विभिन्न विभेदको अन्त्य गरि समतामूलक समाज निमार्ण गर्नेछु: उम्मेदवार सनम

Workplace

यहीँ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । देशमा यतिबेला चुनावी माहोल बढिरहेको छ । राजनैतिक दलका प्रत्येक्ष तथा समानुपातिक उम्मेदवार यतिबेला गाउँ गाउँ जनतामाझ पुगिरहेका छन् । यसै चुनावी सन्दर्भ प्रेस लुम्बिनी डटकमका प्रधान सम्पादक हृदय कुमार भुसालले नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार जमुना सुनार (सनम) सँग गरेको कुराकानीको संपादकीय अंश:

Workplace

१) तपाईंले राजनीतिक यात्रा कहिलेबाट सुरु गर्नुभयो ?
म स्कुलले जिबन बाट नै अनेरास्ववियुमा २०६० साल बाट सगठित भए । अनि बिस्तारै सागितिक यात्रामा प्रवेश गरे संगै २०६१ सालमा पार्टीका गित रचना गर्ने गाउने गर्दै जनसास्कृतिक महासंघमा आवद्ध भैई निरन्तर विभिन्न कमिटीमा रहदै अर्घाखाँची काठमाडौ सम्पर्क मंचमा लामो समय काम गरे जसले अहिले उर्जा नै दिएको छ ।

२) पारिवारिक पृष्ठभुमि राजनीति नै हो ?
मेरो पारिबारिक पृष्ठभुमि पनि राजनीति पृष्ठभुमि बाट नै अगाडी बढेको परिवार हो । २०३९ सालको जनपक्षीय निर्वाचनमा मेरो बुवा वाड अध्यक्ष लडेको इतिहास छ।,साथै मेरो बुवा निरन्तर बहुदल प्राप्तिको आन्दोलनमा लागेको मलाई पनि नि थोरै भए नि स्मरण छ । मेरो बुवा,आमाले सधैं सामाजिक न्याय,समानता र बिकासका लागी लागिरहनु हुन्थ्यो त्यसले मलाई सानै देखी प्रेरणा दिने गर्थ्यो ।

३) तपाईं कलाकारितामा आवद्ध मान्छे किन राजनीतिमा लाग्नु भयो ?
कलाकारिता पेशामा लामो समय काम गर्दा त्यस भित्रका अनेक समस्या संग नजिक बाट बुझ्ने जान्ने अबसर पाए । साथै यो क्षेत्रमा केहि थोरै धेरै ज्ञान, सीप र अनुभव सगालेको छु।खासगरी यो कलाकारिता क्षेत्रमा अनेक खालका राज्यले सम्बोधन गर्नु पर्ने नितिगत समस्याहरु छन् ,र चुनौती हरुपनी उतैकै छन् ।त्यसकारण त्यसलाई सम्बोधन गर्नका लागी राजिनिती नै मुल निति निर्माण गर्ने थलो भएकोले म सो ठाउँमै पुगेर नितिनिर्माण गरि यो क्षेत्रको पनि भबिस्य छ भन्ने गरि पेशामा भबिस्य निर्माण गर्न चाहान्छु।

४) तपाईंले उम्मेदवारी दिनुभएको क्षेत्रमा तपाईंको मुख्य प्रतिस्पर्धी दलहरु कुनकुन हुन ?
मेरो उम्मेदवारी दिएको निर्वाचन क्षेत्र नेपाली काग्रेस,नेकपा एमाले (एकीकृत समाजबादी) जनमोर्चा लगायतका राजनीतिक दल हरु छन् ।

५) तपाईंसँग महिला तथा दलित समुदायको लागि केकस्ता रणनीतिहरु छन ?
दलित महिला समुदायमा अझै पनि विभिन्न खालका उत्पीडन र बिबेदहरु यी बिबेदहरुको निरुपण गरि बिबेद मुक्त सामाजिक न्याय सहितको सभ्य र समतामूलक समाज निर्माण गर्ने उदेश्यका साथ अगाडि बढेको छु ।

६) यदि तपाईं मंसिर ४ को चुनावमा पराजित हुनुभयो भने तपाईंको राजनीतिक यात्रा टुंगिन्छ अथवा निरन्तर अगाडी बढिरहन्छ ?
राजीनामामा हारजित भन्ने कुरा स्वाभाविक हो म पराजित हुदैमा मेरो राजीनामा टुगिदैन झन सशक्त ढंगले अगाडी बढ्ने छ, मेरा राजनीति एजेन्डा हरुलाई सधैं लिई महिले निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्न निरन्तर अगाडि बढ्ने आम मतदान आमा बुवा दाजु भाई दिदि बहिनी लाई बिश्वास दिलाउन चाहान्छु।

७) अन्त्यमा केही भन्नुहुन्छ कि ?
म एउटा सामाजिक अभियान्ता पनि हो विभिन्न किसिमले देखीने गरि सामाजिक कामहरु पनि गर्दै आएको छु र भोलि पनि गर्ने कुरामा प्रतिबध्व नै छु म संग जोस जागर उर्जा साथै जिल्लाको बिकास निर्माणको सबालमा विभिन्न खाल योजना हरु छ्न् त्यसकारण एकपटक मलाई बिश्वास गरि आम आमा बुवा दाजु भाई दिदि बहिनी लाई मतदान गरि बिजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै