भ्रष्टाचार मुक्त अर्घाखाँची बनाउन गठबन्धनको जित आवश्यकः उम्मेदवार भुसाल

Workplace

नविन रसाईली अर्घाखाँची । बाम लोकतान्त्रिक गठबन्धन अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्पा भुसाल गौतमले भ्रष्टाचार मुक्त अर्घाखाँची बनाउन गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभयो । आइतबार सन्धिखर्क नगरपालिका वडा नं. ४,५ र १२ मा भएको चुनावी कोण सभालाई सम्बोधन गदै भुसालले यस्तो बताउनुभएको हो । उहाँले टोप बहादुरले ६ अर्व पैसा अर्घाखाँचीमा ल्याएको भन्ने खबरको बारेमा बोल्दै त्यो पैसा जनतामाझ र विकासमा पुग्न नसकेको बताउनुभयो ।

Workplace

उहाँले भन्नुभयो “समृद्ध जिल्ला बनाउन गठबन्धनलाई जिताउन आवश्यक छ । गठबन्धनको जित केबल उम्मेदवारको मात्र हुने छैन् । त्यो जित सम्पुर्ण जिल्लाबासीको जित हुने छ ।”

यस्तै गठबन्धनबाट प्रदेश सभा (क) का उम्मेदवार सागर केसीले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताका अनिवार्य आवश्यकता पुरा गर्न अर्घाखाँचीमा गठबन्धनले जित्नुपर्ने बताउनुभयो । उहाँले चुनावमा गरेका प्रतिबद्धताहरु निर्वाचित भएपछि जस्ताको त्यस्तै पुरा गर्ने बताउनुयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै