
गोपाल प्रसाद भट्टराई अर्घाखाँची । अर्घाखाँचीमा बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रदेशसभा क का उम्मेदवार सागर के.सी.ले आफुहरुले निर्वाचन जितेपछि कृषि र पर्यटनलाई व्यबसायिक बनाएर अगाडि बढ्ने उदघोष गर्नुभएको छ । संयुक्त गठबन्धन अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकाको वडा नम्बर ६ का विभिन्न टोलमा भएको प्रचारप्रसार कार्यक्रममा मतदातासंग भोट माग्दै उहाँले यस्तो उदघोष गर्नुभएको हो ।
राजमो केन्द्रिय सदस्य समेत रहनुभएका उम्मेद्धार के.सी.ले जिल्लामा आर्थिक समृद्धिको आधार नै व्यवसायिक कृषि र पर्यटन भएको भन्दै दिगो विकासको निम्ति सास्कृतिक र कृषिलाई व्यवसायिक पर्यटनसंग जोड्ने गठबन्धनको योजना भएको सुनाउनुभएको छ । नेता के.सी.ले प्राप्त उपलब्धिको रक्षा,समावेशी अधिकार र आर्थिक समृद्धिको कार्यभार गठबन्धनको काँधमा रहेको दाबी गर्दै गठबन्धनले जित्नुको विकल्प नभएको जिकिर गर्नुभएको छ । कुनैपनि डर,धम्की र प्रलोभनमामा नपरी मत अधिकार प्रयोग गर्न आम मतदातालाई उहाँले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा कांग्रेस नेता तथा छत्रदेव गाउँपालिकाका निर्वतमान अध्यक्ष लेखनाथ पोख्रेलले विकासको नाममा आएको बजेट दुरुपयोग गरि मतदाता खरिद गर्ने विकृतिका बिरुद्ध जनता सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।