
नविन रसाईली अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) का समानुपातिक उम्मेदवारहरु यतिबेला जनतामाझ आफ्ना एजेन्डा बाड्दै हिडेका छन् । बिहीबार जिल्लाको भुमिकास्थान नगरपालिकाका विभिन्न क्षेत्रहरुमा नेकपा एसका समानुपातिक उम्मेदवार जमुना सुनार (सनाम) सहितका नेताहरू घरदैलो अभियानमा हिडेका नेकपा एस जिल्ला कमिटी सचिव युवराज पौडेलले जानकारी दिए ।
पार्टीको निति कार्यक्रम, युवा स्वरोजगारका एजेन्डा लियर मतदाता सँग विभिन्न स्थानमा पुगेको समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जमुना सनामले बताइन् । सनामले जनतामा अझै पनि आधारभूत आवश्यकता नपुगेकोले त्यस्ता आधारभूत आवश्यकता पूरा गर्न आफ्नो उम्मेदवार रहेको बताइन् ।

सनाम एक लोकप्रिय कलाकार पनि हुन । उनले गित संगीत सँगसँर्गै राजनैतिक यात्रालाई पनि अगाडी बढाएकी छन् । रातो घलेकीमा, रलैमा फरर जस्ता बहु चर्चित गित गाएर नाम कमाएकी सनाम यतिबेला चुनावी मैदानमा होमिएकी छिन् । उनि मतदाता सामु भोट माग्न पुग्दा सबैले माया गरेको बताउछिन् । सनाम अर्घाखाँचीको मालारानी, छत्रदेव र पाणिनी गाउँपालिका साथै सन्धिखर्क, भुमिकास्थान र शितगंगा नगरपालिकामा घरदैलो अभियानमा व्यस्त छिन् ।