विकासका लागि शितगंगालाई विशेष क्षेत्र बनाउन्छुः उम्मेदवार भुसाल

Workplace

अर्घाखाँची । सत्ता गठबन्धन दल अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्पा भुसालले सितगंगालाई विकासको लागि विशेष क्षेत्र बनाउने बताउनुभएको छ । पुर्व उपसभामुख समेत रहनुभएकी नेतृ भुसालले शितगंगा नगरपालिका १२ को रजिया, खुम्चिकोट र १० नम्बर वडा सिद्धाराका विभित्र स्थानमामा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको थियो ।

Workplace

उम्मेदवार भुसालले भौगोलिक अबस्थाले जटिल रहेको शितगंगालाई विशेष क्षेत्र बनाएर बिकासमा नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । “रोजगारी र शिक्षाको कारण गाउँका मानिसहरु बसाइँसराइ गरेका छन् । अब अर्घाखाँचीमा सुविधा सम्पन्न कलेज र प्राविधिक विषय पढाइ हुने कलेजहरु खोल्न पहल गर्नेछु” नेतृ भुसालले बताउनुभयो । युवाहरूलाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने पनि बताउनुभयो ।

अर्घाखाँची प्रदेश सभा ख मा नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवार कमल प्रसाद भुसालले शितगंगाका जनताको चाहना अनुसार विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो “विशेष योजना बनाएर शितगंगामा स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्नेछों ।” नेता भुसालले नेपाली कांग्रेसको नेतृत्वमा नेपालका हरेक आन्दोलन र परिवर्तन भएको बताउनुभएको छ । उहाँले अर्घाखाँची जिल्लाको विकासमा नेपाली कांग्रेसको भुमिका प्रमुख रहेको बताउनुभयो । उहाँले संविधानको रक्षाका लागि गठबन्धन अहिलेको आबश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रेवति प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कान, नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार बिक, नेपाली कांग्रेस समानुपातिक उम्मेदवार लोकेन्द्र बपक, नेकपा एकीकृत समाजवादीका नेता पिताम्बर भुसाल, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेताहरु बालकृष्ण पाण्डे, शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, सचिव अच्युत गौतम, इन्द्रमणि पौडेल, यादव प्रसाद घिमिरे, सुर्य प्रसाद अधिकारी, छमा कार्की, कांग्रेस जिल्ला सदस्य बाबुराम गैरे, गोपाल भुसाल, विष्णु पौडेल, राजमोका गोविन्द विसि, कांग्रेसका क्षेत्रीय सभापति हेमन्त बेल्बासे, नेता हिम्मत पोख्रेल, प्रितम थापा लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रमहरु संयुक्त गठबन्धन चुनावी प्रचारप्रसार कार्यक्रमका संयोजक विबेक गैरेको सभापतित्व र कांग्रेस नेता माधव प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै