चुनावी एजेन्डा सहित नेकपा (एस) अर्घाखाँचीका समानुपातिक उम्मेदवार गाउँ गाउँमा

Workplace

हृदय भुसाल अर्घाखाँची । नेकपा (एस) अर्घाखाँचीबाट कलम चिन्हका समानुपातिक तर्फका उम्मेदवारहरु यति बेला विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम लाई तीब्रता दिईएको पार्टी जिल्ला कमिटी सचीव युबराज पौडेलले जानकारी दिनुभयो ।

Workplace
खेतबारीमा मतदाता सँग

प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवार जमुना सनम, लुम्बिनी प्रदेश सभा सदस्य तर्फका उम्मेदवार हरु सुनिता बेल्वासे,मोतीलाल श्रीपाल मत गाग्दै घर घरमा पुगेको जानकारी दिएका छन् ।

पार्टीको निति कार्यक्रम, युवा स्वरोजगारका एजेन्डा लियर मतदाता संग विभिन्न ठाउँमा पुगेको उम्मेदवार तथा राष्टिय ख्याली प्राप्त कलाकार समेत रहेकी जमुना सनमले बताउनुभयो ।

कृषि, शिक्षा स्वास्थ जस्ता जनताका आधारभुत आबश्यकताहरु अनिवार्य र निःसुल्क बनाउने प्रतिबद्धता सहित मत माग्न गाउँमा पुगेको लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवार सुनिता बेल्वासेले बताउनुभयो ।

दलित जनजाति,आदिवासी तथा भौतिक पुर्बाधारको बिकास सहित बिकास र समृद्धिको एजेन्डा सहित मत माग्न हिडेको समानुपातिक उम्मेदवार मोतिलाल श्रीपालले बताउनु भयो । विभिन्न ठाउँ हरुमा प्रचार प्रसार अभियान संचालन गरेको नेकपा एस अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै