पार्टी प्रवेश गराउन टोपबहादुरको निर्देशनमा खानेपानी आयोजनाको मोटर उखेलेर बाँडियो

Workplace

अर्घाखाँची । अर्घाखाँचीमा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टोपबहादुर रायमाझीले जनतालाई पार्टी प्रवेश गराउन अन्य खानेपानी आयोजनाको मोटर उखेलेर बाँडेको खुलासा भएको छ । एमाले नेता रायमाझीको निर्देशनमा सन्धिखर्क नगरपालिका– ९ का वडा अध्यक्ष पदमबहादुर भुसाल र शिक्षक बलबहादुर रायमाझीसहितको टोलीले अर्घा धारापानी-मैदान लिफ्ट खानेपानी आयोजनाको मोटर सोझा जनतालाई दिएर प्रलोभनसहित पार्टी प्रवेश गराएको पाइएको हो।

Workplace

स्थानीयका अनुसार वडा अध्यक्ष भुसाल, शिक्षक रायमाझी र वडा सदस्य नारायणबहादुर रायमाझीले सो खानेपानी आयोजनाको (५ एचपीको) मोटर १-२ दिनमा ल्याउँछौँ भन्दै आयोजनास्थलबाटै निकालेर घर्तीखोरका जनतालाई दिएर पार्टी प्रवेश गराएका थिए। तर, वडाअध्यक्ष भुसालले भने मतदातालाई प्रभावित बनाउनको लागि मोटर बाँड्यो भन्ने कुरा गलत भएको बताएका छन्। उनले नयाँ खानेपानी आयोजना सुरू गर्ने तयारी भएकोले परीक्षणको गर्न केही दिनको लागि मात्रै मोटर त्यहाँ लैजान दिएको तर आफू त्यसमा सहभागी नभएको बताए।

‘हामीले कसैलाई पार्टी प्रवेश गराउनको लागि मोटर बाँडेका छैनौँ, बलबहादुर सरको ससराली त्यहीँ भएकोले उहाँहरूले चेक गर्न लैजान्छौँ भन्नु भएकोले मैले दिएको हुँ,’ वडा अध्यक्ष भुसालले आफ्नो बचाउ गर्दै भने,‘अब चेक हुन्छ होला अनि फिर्ता ल्याउन लगाउँछु।’

यद्दपी, स्थानीयले भने चेकरजाँचबारे केही थाहा नभएको र आफूहरूलाई भोट हाल्नुहोला भनेर मोटर दिएको बताएका छन्। ‘यो मोटर वडा कार्यालयको पनि रहेन्छ, अन्त कहाँबाट ल्याछन्। अहिलेसम्म जोड्देका छैनन्, चुनाव अगाडि नगर्दे त फेल भइयो कर, नगर्देनन् भोट हाल्न गइन्न, हाम्ला के सार,’ स्थानीय एक पुरूषले भने।

केही दिनअघि पनि अर्घाखाँचीमा नेता रायमाझीकै निर्देशनमा पाइप बाँड्दै गर्दा प्रहरीले बरामद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै