
अर्घाखाँची । अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाड्न थालिएको पाँच रोल पाइप बरामद भएको छ ।
छत्रदेव गाउँपालिका-६, ठूलापोखरामा मतदातालाई बाड्न लागिएको पाइप प्रहरीले बरामद गरेको हो। पाइप बाड्न लागेको थाहा पाएपछि प्रहरी त्यसतर्फ गएको थियो । प्रहरी गएपछि मानिसहरू भागेका थिए । बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।
एमाले कार्यकर्ताले मतदातालाई पाइप बाड्न लागेको स्थानीयको भनाइ छ।