अनुगमनको क्रममा बरामद गरिएका वस्तुहरु जलाएर नष्ट

Workplace

नविन रसाईली अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालयले अनुगमनको क्रममा बरामद गरिएका बस्तुहरु जलाएर नष्ट गरेको छ । शुक्रबार बरामद गरिएका बस्तुहरु जिल्ला प्रशासन कार्यालयको फोहोर नष्ट गर्ने ठाउँमा नष्ट गरिएको थियो ।

अनुगमनको क्रममा म्याद गुज्रिएका सुर्ति जन्य वस्तु, मैदा तथा आटा, भुजाका प्याकेज, विस्कुट, चाउचाउ र मदिराजन्य वस्तुहरु बरामद गरिएको घरेलु कार्यालयका प्रमुख सन्तोष खनालले बताए । खनालले पसलहरुमा म्याद गुज्रिएका वस्तुहरु बिक्रिका लागि राखिएकोले त्यसरी अखाद्य वस्तुहरु बिक्रि नर्गन आग्रह गरे । ‘पसलहरुमा म्याद सकिएका वस्तुहरु बिक्रि नगर्नुहोस् । अखाद्य वस्तुले मानिसको शरिरमा असर गर्ने गर्छ ।’ खनालले भने ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनाल

दर्ता नगरी संचालन गरेका पसलहरुलाई अनिवार्य रुपमा दर्ता गरेर संचालन गर्न घरेलु तथा साना उद्योगका अधिकृत स्तर छैठौ लक्ष्मी प्रसाद दाहालले आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनाल, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत स्तर छैठौ लक्ष्मी प्रसाद दाहाल, जिल्ला प्रशासन कार्यालयका खरिदार पोमनारायण कुँवर, घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर हुम बहादुर विक, पत्रकार नविन रसाईली लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै