अर्घाखाँचीमा भिरबाट लडेर एक बृद्धको मृत्यु

Workplace

अर्घाखाँची । अर्घाखाँचीमा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ ।

Workplace

जिल्लाको भूमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजि ७२ बर्षिय विर बहादुर गमालको कार्तिक २ गते बुधबार मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भूमिकास्थान नगरपालिकाको धारापानी स्थित साईनरेसुङ्गा बैंकबाट बृद्धभक्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको मृत्यु भएको हो । गमाल बाटो देखी झण्डै ८० मिटर तल खसेको प्रहरीको भनाई छ ।

प्रहरीको प्रारम्भिक अनुसान्धान अनुसार बुधबार दिउसो करिव ४ बजेको समयमा विर बहादुर गमाल र उनका दाजुले भत्ता बुझेपछि हिड्दै घर फर्केका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै