१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

अर्घाखाँची: पहिरोको जोखिममा रहेका ५७ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

Workplace

केशव घिमिरे अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर- ७ खाँचीकोटको भुजुङ्गे गाउँ अविरल बर्षासंगै उच्च जोखिममा परेको छ ।

निरन्तर चार दिन देखिको अविरल बर्षातका कारण १० घर पुर्ण रुपमा क्षेति हुनुको साथै बाँकी घरहरु पनि पुर्ण रुपमा पहिले देखिनै जोखिममा रहेको उक्त बस्ति झनै जोखिममा परेको हो । गाउँ नै जोखिममा परेपछि स्थानीयको ज्युज्यानको रक्षा गर्न खाँचिकोट स्थित वडा अध्यक्ष चुरा ब. के सी सहित वडा सदस्यहरुको पहलमा जोखिममा परेका ५७ घरपरिवारलाई डिडिडाँडा स्थित चन्द्रप्रभा मा.बि. मा तत्कालको लागि स्थानान्तरण गरिएको छ ।

स्थानिय अगुवाहरू सुनिल केसि, पिताम्बर भट्टराई, सिद्धि राज भट्टराई, शिबहरि भट्टराई, बिकास केसि, सान्तराज ज्ञवालि,केशब पौडेल को उपस्थिति रहेको थियो । यस क्षेत्रमा आज भन्दा एक महिना अगाडि बडा जन प्रतिनिधि ले अबलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै