पत्रकार हरी भुसालले अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी दिने

Workplace

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट पत्रकार हरिप्रसाद भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घाेषणा गरेका हुन्।

लामाे समयदेखि पत्रकारितामा सक्रिय भुसाल सामाजिक कार्यमा पनि सक्रिय छन्। उनले निर्वाचन मिति घाेषणा भएदेखि नै जिल्लामा कुनै न कुनै व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिनुपर्ने आवाज उठाउँदै आएका थिए। अन्तत: उनी आफैँ चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णयमा पुगेका छन्।

भुसाल केही वर्षअघि विवेकशील साझा पार्टीमा सक्रिय थिए। भुसालले २०७४ काे निर्वाचनमा विवेकशील साझा पार्टीबाट अर्घाखाँची प्रदेश (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी हारेपछि राजनीति छाेडेर पत्रकारितामै फर्किएका थिए।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेका अर्घाखाँचीका नेकपा एमालेबाट टाेपबहादुर रायमाझी सिफारिस भएका छन् भने कांग्रेसबाट पुष्पा भुसालको नाम चर्चा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै