१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

प्रलेश अर्घाखाँचीको आयोजनामा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

Workplace

हृदय भुसाल अर्घाखाँची । प्रगतिशील लेखक संघको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित सामाजिक विकृति विसङ्गती नियन्त्रणमा प्रलेसको भुमिका विषयक सामाजिक सचेतना कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाट्न गर्दे प्रलेश केन्दि«य सदस्य बिजुला रायमाझीले समाजका विकृति र पाश्चात्य संस्कृतिको साम्राज्यलाई निराकरण गर्न बिचार र कलाको संयोजनबाट अभियान चलाउन जरुरी रहेको बताउदै अभियानको रुपमा अगाडी बढ्नु पर्ने बताईन् । केन्दिय सदस्य रायमाझीले भनिन,‘बिग्रिएको रिति,थिती र संस्कृतीलाई सुधार गर्न सबै सरोकारवाला आफ्नो ठाउँबाट जुरमुराउनु पर्छ ,हामी घरघर बाट बिकृतीको अत्यका लागी लाग्न जरुरी छ, बिगृती बिसंगतीको अन्त गरि प्रगतीशिल रुपान्तरण सहितका समातामुलक समाज निमार्णमा हाम्रा लेख कला आजको आबश्यकता हो’ ।

सामाजिक बिकृतीको अन्त्य र समाजवाद निमार्णको यात्रामा अनेक चुनौतीका साथ ५ दशक बिताउदा पनि सोचे जस्तो उपलब्धी हाशिल गर्न नसकेको बामपन्थी लेखक तथा नेता जर्नादन खनालले बताए । सिध्दान्त र ब्यवहार फरक हुदै जादा सामाजिक बिकृतीमा समेत दिनानुदिन बिकृती थपिदै गएको बामपन्थी नेता सागर केसीले बताए । कार्यक्रमम प्रलेश लुम्बिनी प्रदेश सदस्य माधबा भुसाल,प्रध्यापक तथा सल्लाहकार बुद्धिराम भुसाल,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतले प्रर्बचन मनब्य ब्यतm गरेको थिए ।

संघका कोषाध्यक्ष जिबनारायण खनाल ले कार्यक्रमका बिषयबस्तु तथा उदेश्य प्रस्तुत गरिएको एकदिने सामाजिक सचेतना कार्यक्रममा जिल्ला रहेको लेखन कला साहित्य क्षेत्रका अग्रजहरुले बिभिन्न कबिता गजल कथा बिभिन्न बिषयका लेख रचनाहरु प्रस्तुत गरेका थिए ।

सचेतना कार्यक्रममाः बिष्णु बस्याल गोपालप्रसाद भट्टराई,पिताम्बर भट्टराई ,चोपनारायण बन्जाडे ,माया भुसाल,बिष्णु प्रसाद भुसाल, इश्वरा पराजुली, कृष्ण प्रसाद भुसाल, लगायतले रचना प्रस्तुत गर्दे कम्युनिष्टहरु बोल्ने एउटा गर्ने अर्को हुँदा समस्या उत्पन्न भएकोले व्यबहार नसच्याए सम्म समाजको विकृतिले नछाड्ने भन्दै पँुजीवादी चिन्तन र पश्चिमा संस्कृतिले नेपाली साहित्य र संस्कृतिलाई प्रहार गरेकोमा चिन्ता व्यक्त, गर्दे रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रम प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष अध्यक्षःकमल प्रसाद घिमिरेको अध्यक्ष सचिब भेष बहादुर केसीको संचालन सहसचिब हृदय भुसालको स्वागत मनतब्य मा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै