
हृदय भुसाल अर्घाखाँची । ।नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिँहले आजको मुख्य आवश्यकता भनेको मुलुका सवै लोकतान्त्रिक शतmीहरु एक भैई प्रतिगामी एमाललाई प्ररास्त पार्नु पर्ने समय भएको बताए ।
प्रगतिशिल पत्रकार संघ जिल्ला शाखा अर्घाखाँचीले मंगलबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिँहले यस्तो बताएका हुन् ।
प्रतिगामी शतmीहरुले फेरी पनि चुनाव जिते गणतन्त्र,धर्मनिरपेक्षता,तथा लोकतान्त्रिक ब्यवस्था नै संकट पर्ने भन्दै महामन्त्री सिँहले हिजोको जस्तो प्रतिगामी शतmी कमजोर नभएको किनकि भारतिय हिन्दुवादी कट्टुुुरपन्थी संघ मिली एमाले अगाडी बढेको बताए । राजावादी पार्टीहरु संघ खुल्ला रुपमै एमाले तालमेल गरेर अगाडी बढेकोले फेरी पनि राष्ट्रियताको सवाल कमजोर हुन सक्ने हुदा समयमै बिचार पुराई अगाडी वढ्न नसके पछि खतरा पनि हुन सक्ने सिँहले बताए ।
सिँहले भने,‘पहिला राजा मात्र थिए अहिले एमाले सहित प्रतिगामीहरुको शतmी अली पराकिलो हुदै जादा खतरा बढेको हो,राजतन्त्र स्थापनाको लागी भित्री षड्यन्त्र भएको गतिबिधीले देखाएको छ, वली दुई पटक संसदको बिघटन गरि तानाशाहको बाटोमा अगाडी बढे,अवको निर्वाचनले उनलाई पुर्ण रुपमा कमजोर बनाउने निश्चित छ’ ।
मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागी ५ दलिय गठबन्धमा अहिले सम्म पनि सिटफाड बिषय अझै सहमती नभएको भन्दै कतै सिटबाडफाडले गर्दा गठबन्धन टुट्ने र राष्ट्रियताका बिभिन्न सवालहरुमा समस्या हुने त होइन भन्ने प्रश्न समेत हुन थालेको बताए ।
पार्टीको निति नै सहमति भएका बिभिन्न सवालमा गठबन्धन दलहरु संघ सहमती नभएका बिषयमा सघर्ष हुने र गठबन्धन दलहरुले नागरिता बिधियक,एमसिसी,एसपीपी जस्ता बिषयमा सहमती गरेर अगाडी बढाए पनि आफनो पार्टिले बिरोध गरि देशब्यापी आन्दोलन गरेको महामन्त्री सिँहले बताए ।
दुई दिने पार्टी प्रशिक्षण कार्यक्रममा अर्घाखाँची आएका सिँहले ५ दलिय गठबन्धमा कुनै सहमति हुन नसके आफुहरु एक्लै निर्वाचमा जाने बताउदै आफुहरु राष्ट्र र राष्ट्रियताको बारेमा कसै संघ सम्झौता समेत नगर्ने महान्त्र सिहले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिब मनोज भट्ट,भुमिकास्थान नगरपालिका प्रमुख तथा जनमोर्चा केन्दि«य सदस्य झबि थापा, जनमोर्चाका नेताहरु सागर केसी शेर बहादुर केसी,थम्मन,केसी पशुपती खनाल, कबिराम खनाल लगायतका नेताहरु साथै पत्रकार महासंघका जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायतका संचारकर्मिहरुको उपस्थिीती रहेको थियो ।
कार्यक्रम संगठनका जिल्ला अध्यक्ष जितेन्द« खत्रीको अध्यक्षता उपाध्यक्ष गोपाल भट्टराईको तथा सचिब भगवता पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।