
नविन रसाईली अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. १ मिडिया चोक बस्ने गिरिराज खनाल आफनो कृषि फर्म रामपथमा टमाटरमा डोरी लगाउदै थिए । कृषि फर्ममा उनि सँगै खिमान्द खनालले पनि काम गदै थिए । उनिहरुले करिव २÷३ वर्ष देखि कृषि व्यवसाय गदै आएका छन । कोभिडको बेलामा कृषि व्यवसाय सुरु गरेको उनिहरुले बताए । गिरी राज खनाल, खिमान्द खनाल, लिल बहादुर बराल र बलाराम भुसालको संयुक्त लगानीमा श्री रामपथ मल्टी प्रपोज एग्रो फर्म तथा रिसर्ज सेन्टर संचालन भएको जानकारी दिए ।
कृषि फर्ममा भैसी, माछा, लोकल कुखुरा, बंगुर पनि छन । ‘५० रोपनी जग्गामा कृषि तथा पशुपालन गरिरेका छौ । यतिबेला टमाटर, सेमी, काउली, काक्रो, लौका, गोलभेडा, फर्सी लगायतका तरकारीहरु पनि तयारी हुँदै छन् । केहि क्षेत्रफलमा धान र घाँस पनि लगाएका छौंं । जिल्लामा बसेर कृषि सँग जोडिएर सबै मिलेर केहि काम गरौं भन्ने उद्देश्यका साथ हामीले कृषि फर्म संचालन गरेका हौं’ खिमानन्द खनालले भने । खनालले कृषि व्यवसायबाट राम्रै आम्दानी हुने पनि सुनाए । व्यवसायिक कृषकले प्लाष्टिक टनेलभित्र खेति गर्ने गर्छन् । त्यहाँ पनि प्लाष्टिक टनेल भित्र तराकारीहरु फल्दै गरेका देखिन्थे ।
‘उत्पादन भएको फर्सी, काक्रो, लौका, सिमी,, करेला, बोडी, टमाटर लगायतका तरकारीहरु सन्धिखर्क बजार, जिल्लाभर र छिमेकी जिल्लाहरुमा समेत बिक्रीका लागि जाने गर्छन । यो सँगै भैसीका पाडा, पाडी, बँगुर पनि बिक्री भईरहेका छन् । दुध उत्पादनका लागि बाहिरबाट उन्नत जातको भैसीँ ल्याएका छौं, अब केहि समयपछी दुध पनि उत्पादन गरेर बिक्रि गर्ने तयारीमा छौ’ गिरिराज खनालले भने । खनालले फर्ममा चार जना कामदार रहेको पनि बताए । उनले भने ‘चार जनाले रोजगार गरिरहेका छन । अब केहि समयपछी अझैलाई रोजगारी दिने छौं ।’ यस्तै खनालले उत्पादन भएको बस्तुले बजार राम्रै पाएको जानकारी दिए । ‘पहाडमा उत्पादन भएको तरकारी र माछा मासु स्वादिलो हुने भएकाले माग पनि बढी छ । उत्पादन गर्न सके बिक्रि जति पनि भईहाल्छ’ ।
फर्ममा ४÷५ वटा कुखुराका खोरहरु थिए । खोरमा केही कुखुरा ठुला भइसकेका छन त केहि साना चल्ला नै छन । यहाँ ग्रिन नर्सरी पनि छ । नर्सरीमा तराकारी तथा फलफुलका विरुवाहरु उत्पादन भइरहेका छन् । यस्तै फर्ममा हाइटेक पनि थियो । ‘तरकारी तथा विरुवा उत्पादनका mागि उचित तापक्रम व्यवस्थापनका लागि दुई वटा ठुला हाइटेकहरु पनि छन । सायद जिल्लामा दुईवटा हाइटेक भएको यहि फर्म मात्र होला’ खनालले भने ।
तरकारी बालीहरुमा प्राङगारिक मलको प्रयोग गर्ने गरेको लिल बहादुर बरालले बताए । ‘तराईमा जस्तो रासायनिक मलको प्रयोग गर्दैनौं । यहाँ भैसीँ, बंगुर र कुखुराको मलबाट तरकारी तथा विरुवा उत्पादन गरका छौं । तराई सँग प्रतिस्पर्धा पनि धेरै छ । हामीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै उत्पादन गरेका छौं’ बरालले भने ।
व्यापारीहरू तरकारी किन्न बारीमै आउने गरेका छन् । ‘अरुको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा मिहेनत गरे यहि पैसा छ’ बलाराम भुसालले भने । ‘उत्पादित सबै तरकारी बजार लग्नुपर्ने बाध्यता छैन, तरकारी खोज्दै मानिसहरु घरमै किन्न आउँछन् । तरकारी बिक्रीका लागि बजारको चिन्ता गर्नु पर्दैन, ग्राहक बारीमै पुगेर ताजा तरकारी लिने गरेका छन् । सरकारले कृषिमा जोड दिन सके धेरै मानिसको जीवनस्तरमा सुधार हुने उनी बताउँछन् । साथै सबै किसिमका खाद्यान्नमा हामी आत्मनिर्भर हुन सकिन्छ । ‘किसानलाई सहज कर्जा, मल, बीउ तथा प्रविधिको अनुदानमा सबैको समान पहुँच स्थापित गरी राहत, अनुदान तथा कृषि बिमाको प्रभावकारी व्यवस्था गर्न आवश्यक रहेको छ’ उनले भने । किसानले सहज रुपमा अनुदान पाएमा खेती गर्न अझ सहज हुने थियो । अनुदान बास्तबिक किसानले पाउनु पर्ने माग पनि उनले राखे ।
राजनिति र समाजसेवा सँगै कृषि व्यवसाय गर्दै आएका खिमानन्द खनाल, गिरिराज खनाल, लिल बहादुर बराल र बलाराम भुसालले कृषि व्यवसायबाटै राम्रो आम्दानी गरेका छन् । ‘नेपाल कृषि प्रधान देश हो । हाम्रो पुख्र्यौली पेशा पनि केषि नै हो तर बुवाहरुले थोरै गर्नुहुन्थ्यो, अहिले हामीले आधुनिक तरिकाले खेति गरिरहेका छौं व्यवसायलाई पनि बढाउदै लगेका छौं’ उनिहरुले भने । राजनिति गर्ने मान्छले पनि काम गर्नुपर्छ भन्ने उदाहरणीय व्यक्ति उनिहरु बनेका छन । कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि अनुदानलाई जोडेर युवाहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्न सके देश विकास हुने देखिन्छ ।
पछिल्लो समयमा राजनीतिकर्मीहरुलाई आर्थिक समस्या देखिने र भष्ट्रचार बढ्ने भएकाले यसको न्युनिकरणको लागि व्यवसायीक रुपमा काम गर्न सकिन्छ भन्ने देखाउनका लागि व्यवसाय संचालन गरेको उनिहरुको भनाई छ । ‘प्रत्येक दिन पालैपालो आउन्छौं, काम गछौं राजनैतिक कार्यक्रममा पनि सहभागि जनाउन्छौं’ उनिहरुले भने । रोजगारीको शिलशीलामा विदेशीने युवाहरुलाई यहि रोजगारी दिने र व्यवसायिक बनाउन यसले पनि केहि मात्रमा सहयोग गर्छ भन्ने उद्देश्यले पनि फर्म संचालनमा ल्याएको सुनाए ।