७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

एक लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुल्यो

Workplace

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आइतबार एक सुचना जारी गर्दै भदौ ३० देखि असोज ६ गतेसम्म दर्खास्त दिन आह्वान गरेको हो ।

सुचना अनुसार म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ४४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

प्रहरीका लागि यसअघि नै म्यादी प्रहरी भैसकेका व्यक्तिले प्रमुख प्राथिकता पाउनेछन्। यस्तै पुर्व प्रहरी, शसस्त्र र नेपाली सेनालाई समेत प्राथमिकतामा राखिएको छ।

कार्यालयका अनुसार असोज १४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। जिल्ला प्रहरी परिसर (काठमाडौ, भक्तपुर, ललितपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरर्खास्त फारम पाइने छ ।

सेवा सुविधाको हकमा म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैंया पारिश्रमिक तोकिएको छ। जसमा ४० दिनको कुल ३४ हजार ७ सय ६० प्राप्त गर्नेछन्। यस्तै खाद्यान्नका लागि ७२ सय र पोसाकका लागि ७ हजार खर्च उपलब्ध हुनेछ। एक म्यादी प्रहरी बराबर ४८ हजार ९ सय ६० रुपैंया खर्च हुनेछ।

कार्यदिन ४० दिनका लागि करिब ५० हजार तलब तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै