माओवादी अर्घाखाँची: संघ र प्रदेशमा उम्मेदवार सिफारिस

Workplace

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्र अर्घाखाँचीले उम्मेदवार टुंगो लगाएको छ । आज बिहीबार बसेकाे जिल्ला समन्वय समितकाे बैठकले उम्मेदवार चयन गरेकाे हो ।

अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फबाट पार्टी केन्द्रीय सचिव तथा पुर्व मन्त्री चक्रपाणि खनाल (बलदेब), केन्द्रीय सचिव डिलाराम आचार्य र जाकिर हुसेनलाई सिफारिस गर्ने निर्णय गरेकाे छ । संघिय समानुपातिकमा शुशिला श्रीपालीलाई चयन गरेकाे छ ।

त्यस्तै बैठकले प्रदेश (क) मा प्रत्यक्ष तर्फ पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज ठाकुर कुमार बि.क, पार्टी जिल्ला समन्वय समित सदस्य तथा मालारानि गाउपालिका कमिटी अध्यक्ष पदम क्षेत्री र अर्घाखाँची बुटवल सम्पर्क समन्वय समितिका सल्लाहकार शोभाखर बन्जाडेलाई सिफारिस गर्ने निर्णय गरेकाे छ ।

प्रदेशसभा (ख) मा प्रत्यक्ष तर्फ पार्टी प्रदेश कमिटी सदस्य बिबेक गैरे, टिकाबहादुर रेश्मी र भक्त बहादुर पुनलाई सिफारिस गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै