वि.पि. को १०९ औं जन्म जयन्तीको अबसरमा वि.पि.माक्र्सवाद र समाजवाद बिचार गोष्ठी कार्यक्रम सम्पन्न

Workplace

अर्घाखाँची । वि.पि. को १०९ औं जन्म जयन्तीको अबसरमा वि.पि. बिचार रास्ट्रीय समाज अर्घाखाँचीद्वारा आयोजित वि.पि. माक्र्सवाद र समाजवाद बिचार गोष्ठी कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा मनतब्य राख्दै प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले समान र न्यायपूर्ण (पुग्नेगरी) तरीकाले वितरण गर्न सकिने परिमाणमा बस्तु उत्पादन गर्न सकियो भनेमात्र मानिसले न्याय भएको महसुस गर्न सक्छ । भन्ने मान्यता बिपि र माक्र्सबाद राखेको बताउनु भयो । नेपाली काग्रेुका पुर्ब केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले बि पि , माक्र्स र समाजबादको बारेमा अहिले राजनितिक गर्ने युवा पिडिमा ज्ञानको कमीभएको बताउनु भएको छ । उहाँले समाजमा आर्थिक समानता, समाजको उत्पादन क्षमता संग सम्बन्धित भएको भन्दै यी नेताहरुको इतिहास अध्यायन गर्न आवश्यक रहेको बताउनु भयो ।

वि.पि. माक्र्सवाद र समाजवाद बिचार गोष्ठी कार्यक्रमा नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्रि बिष्णु खनाल मुस्कान , जिल्ला सभापति केशब श्रेष्ठ ,उपसभापति बिष्णु भुसाल , जिल्ला सचिब कृष्ण खनाल , नेकपा एमालेका जिल्ला सदस्य हिम बहादुर जिसी लेकाली , मओबादी केन्द्रकी प्रदेश सदस्य छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका नेता जीबनाराण खनाल , एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान , नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि यादब प्रसाद घिमिरे, कांग्रेस क्षेत्र नं. १ का सभापति राजेश पन्थी , २ का सभापति हेमन्त बेल्बासे , कांग्रेस नेता नारायण पाण्डे , लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम वि.पि. बिचार रास्ट्रीय समाजका अध्यक्ष हुमा बन्जाडेको अध्यक्षता र नारायण भुसालको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै