सितगंगामा निजामती दिवस विभिन्न कार्यक्रम गरि मनाइयाे, लेखापाल बने २ बिधामा प्रथम

अराज बेल्वासे सितगंगा । ब्यवसायिक र र्सिजनशीलता प्रशासन बिकास समृद्धि र सुसासन भन्ने मुल नाराका साथ शितगंगा नगरपालिकाका निजमति कर्मचारीहरुले बिभिन्न कार्यक्रम गरि दिवस मनाएका छन । निजामति सेवा दिवसको अबसरमा शितगंगा नगरपालिकामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता, घौटाफोर र म्युजिकियल चियर प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले कर्मचारीहरुले २००७ साल पछिका देशका सबै खाले परिर्वतनमा कर्मचारीहरुले सहभागिता जनाएको बताउनु भयो । देशले संघिय गणतन्त्रको समय सम्म आउदा कर्मचारी साथ दिएर परिर्वतन सफल भएको बताउनु भयो ।
देशमा लामो समय जनप्रतिनिधी बिहिन हुँदा कर्मचारीले देशको स्थानिय सरकारकै रुपमा रहेर मुलुक धानेको बताउदै कर्मचारीले सेवालाई सकारात्मक प्रभाव पार्ने गरि काम गर्नु पर्ने बताउनु भयो । सरकारले ट्रेड युनियनको नाममा कर्मचारीहरुलाई राजनिनिक अधिकार दिएकोले कर्मचारीमा राजनितिक प्रभाव परेको बताउनु भयो । अहिलेको आबश्यकता कर्मचारीतन्त्र सुधारिनु पर्ने बताउनु भयो कर्मचारी तन्त्र सकारात्मक भएर देशको परिर्वतन गर्न सकिने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी उपमेयर गिता भाटले कर्मचारीको साथ र सहयोगले नगरपालिकाको बिकास हुने भएकोले जनप्रतिनिधीहरुलाई कर्मचारी सहयोग गरेमा सबै खाले काम गरि जनताको आवश्यकता पुरा गर्न सकिने बताउनु भयो । शितगंगा नगरपालिकामा रहका कर्मचारीहरुले जनशक्तीको अभावमा समेत मेहनत गरि नगर सञ्चालनमा सहयोग गरेकोमा सबै कर्मचारीहरुलाई धन्यवाद ध्यापन गर्नु भयो ।

निजामती सेवा दिवसको अबसरमा सञ्चालन भएको ब्याटमिन्टर प्रतियोगितामा बिकास पन्थीको समुह ए तर्फ प्रथम भएको छ । यस्तै नुमलाल खनालको समुह दोस्रो ,आकास बेल्बासेको समुह तेस्रो भएको छ यस्तै समुह बि तर्फ मोहन पौडेलको समुह प्रथम , किस्मत बन्जाडेको समुह दोस्रो र झबिन्द्र बेल्बासेको समुह तेस्रो स्थान प्राप्त गरेको छ ।

यस्तै घौटाफोर कार्यक्रममा शितगंगा नगरपालिकाका लेखापाल राजकुमार क्षेत्री प्रथम हुनुभएको छ । यस्तै म्युजिकियल चेयरमा महिला तर्फ रोजगार शाखा प्रमुख नरमाया सुबेदी प्रथम पुरुष तर्फ राजकुमार क्षेत्री प्रथम हुनु भएको छ । यस्तै खुला तर्फ दिपेन रसायली प्रथम हुनु भएको छ । कार्यक्रममा वडा जनम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारी , वडा नम्बर ५ का पुर्व अध्यक्ष कमल पौडेल इप्रका प्रहरी कार्यालय ठाडाका प्रहरी नायव निरिक्षक शालिकराम खनाल , ,समाजसेवी ऋषि घिमिरे ग्रीन स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल कमल बेल्बासे ,राष्ट्रिय बाणिज्य बैकका शाखा प्रमख धुर्ब पाण्डे, इलाका हुलाक कार्यालयका प्रतिनिधी ऋषि खनाल, ज्योती माबिका प्रअ शंकर अर्याल लगायतको उपस्थिती रहको थियो कार्यक्रमको योजना शाखा प्रमुख नुमलाल खनालले सञ्चालन गर्नु भएको थियो ।

नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।

Workplace
Workplace
Workplace
Workplace
Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै