बलात्कारको मुद्दामा पलले पाए सफाइ

Workplace

नवलपुर । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ ।

शाहले बलात्कारको मुद्दामा सफाइ पाए पनि उनलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना भएको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै