शान्ति मा.वि.मा धनचित्र छात्रवृत्ति अक्षयकोष स्थापना

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी ५ मा रहेको श्री शान्ति माध्यमिक बिद्यालय बागीमा रु ५०,००० को धनचित्र छात्रवृत्ति अक्षयकोष २०७९ स्थापना गरिएको छ । सोमबार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो ।

मालारानी ५ बाँगीको साविक वडा न.४ कोल निवासी स्व.धने बि.क. र उहाको धर्मपत्नी स्व.चित्रकला बि. क.को स्मृतिमा उनिहरुको छोरा तेजबहादुर बि.क., रामकृष्ण बि.क., राजु बि.क.,चन्द्रबहादुर बि.क. तथा छोरी पुतला सुनार, सीता बि.क. को पहल एवं लगानीमा अक्षयकोष स्थापना भएको हो । उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बिपन्न/जेहेन्दार/दलित बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रधानध्यापक मान बहादुर पाण्डेले जानकारी दिए ।

छात्रवृत्ति रकम हस्तान्तरण एक कार्यक्रम बीच विद्यालयका प्र.अ. मानबहादुर पान्डेलाई गरिएको थियो। कार्यक्रमको संचालन बसन्त खड्का, कोष संचालकको तर्फबाट तेजबहादुर बि .क.ले संक्षिप्त्त मन्तव्य प्रकट गर्नुका साथै सहायक प्र.अ. ताराप्रसाद भुसाल लगाएतका शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै