
आशा धेरै हुन सक्छन् तर
जे छ त्यही हो बुझ जिन्दगी ।
जन्म सौभाग्य कर्म आफूसँगै
छर सौन्दर्य छर्नु हो जिन्दगी ।
रमाऊ साथी त्यहीँ छ आनन्द
दुःख सुख यस्तै हो बुझ जिन्दगी ।
भरिदैन झोली कहिले पनि
सन्तुष्ट होऊ त्यही हो जिन्दगी ।
सक्छौ धर्तीमा सबैलाई खुसी देऊ
नसके पीडा नदेऊ त्यही हो जिन्दगी ।
सकिन्छ सिर्जना गर धर्तीमा
नसके विनाश नगर त्यही हो जिन्दगी ।
सङ्घर्ष गर धर्तीमा पाइला टेकेपछि
एकबार नै हो फेरि पाइन्न बुझ जिन्दगी ।
तेजप्रसाद खनाल
लमही दाङ।