
विक्रम आचार्य शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ मा हावाहुरीले करिब ५०० रोपनी क्षेत्रफलमा नुक्सान पु¥याएको छ । गत असार ३१ गते आएको हावाहुरीले मकैको बोट नष्ट गरेपछि सितगंगाका कृषक चिन्तित बनेका छन । पाक्न लागेको मकैको बोट हावाहुरीले ढालेर सोत्तर बनाए पछी कृषक चिन्तित बनेका हुन । जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीले क्षेति पु–याउदै आएको छ । जसले गर्दा उत्पादनमा गिरावट आउने किसानको भनाइ छ ।

नेपालमा खेती गरिने प्रमुख तीन बालीहरु मध्ये उत्पादनको आधारमा धानपछिको दोस्रो मुख्य बाली मकै हो । विशेषतः पहाडी क्षेत्रहरुमा मकैलाई महत्वपूर्ण खाद्य स्रोतको रुपमा लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली हो, तर अरु विकसित देशहरुको दाँजोमा यसको औसत उत्पादन भने नेपालमा कमै देखिन्छ ।

धेरै मिहेनत गरेर लगाएको मकैमा प्राकृतिक विपत्तिको चपेटामा परेपछि कृषकहरू निराश बनेका एक किसान बसन्ता आचार्य बताईन । हावाहुरी र वर्षाले कृषकलाई ठूलो क्षति पु–याएको उनले जानकारी दिइन । अघिल्लो वर्ष पनि हावाहुरीले मकै तथा धान बालीमा क्षेति पु–याएको थियो । हावाको बेगका कारण अधिकांश मकैको बोट ढलेर चौर जस्तै बनेको छ ।
नगरपालिकाले कृषकको आखाँमा छार्राे हान्नमात्र अनुगमन गरेतापनि कृषकहरुका समस्याहरु भने समाधान भएका छैनन् । हरेक वडाका कृषकलाई माटो र स्थान अनुसारको कुन विउ प्रयोग गर्ने कतिपटक गोडमेल गर्ने कुन विषादी, कुन मल प्रयोग गर्ने प्राविधिक ज्ञान नहुदा पनि यस्ता घटनाको सामना कृषकले भोग्नु परेको छ । त्यसैले एक वडा एक कृषि प्राविधिक भए मात्र कृषकले केहि राहात पाउन सक्छन् त्यता तीर नगरपालिकाको ध्यान जान जरुरी छ ।