
नविन रसाईली अर्घाखाँची । कोभिडका कारण बन्द हुँदै गएका साँस्कृतिक कार्यक्रमहरु यतिबेला विस्तारै पुःन संचालन हँुदै छन् । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ६ रतनमारेमा “एकल लोक गित प्रतियोगिता” सम्पन्न भएको छ । रानी म्युजिक शोलुसनद्धारा आयोगित लोक गित प्रतियोगितामा रमेश खत्री प्रथम, सिमा नेपाली दास्रो, केशव बहादुर थापा मगर तृतीय भएका थिए । प्रथम स्थान हासिल गरेका रमेश खत्रीले रु ७००० र प्रमाण–पत्र, दास्रो स्थान हासिल गरेकी सिमा नेपालीले रु ३००० र प्रमाण–पत्र, तृतीय स्थान हासिल गरेका केशव बहादुर थापा मगरले रु १५०० र प्रमाण–पत्र प्राप्त गरेका म्युजिक शोलुसनका अध्यक्ष बसन्त बस्नेतले बताए ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । कलाकारहले विभिन्न भाकाहरुका गितहरु गाएका अध्यक्ष बस्नेतले बताए । प्रतियोगितामा राम बहादुर बस्नेत, कमल बस्नेत, जीवन खड्काले निर्णायक मण्डलको भुमिका खेलेका थिए ।

कार्यक्रममा मालारानी गाउँपालिका वडा नं. ६ का अध्यक्ष नारायण प्रसाद अर्यालको प्रमख अतिथ्यता रहेको थियो । कार्यक्रम रानी म्युजिकका अध्यक्ष बसन्त बस्नेतको अध्यक्षता र बल बहादुर रानाको संचालनमा सम्पन्न भएको थियो ।