एसईईको नतिजा यसै साता भित्र प्रकाशित गर्ने तयारी

Workplace

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै साता एसईईको नतिजा प्रकाशित गर्ने तयारी गरिरहेको छ ।

बोर्डले प्रकाशित नतिजा विभिन्न माध्यमबाट हेर्न मिल्ने सुुविधा उपलब्ध गराएको छ ।

बोर्डले २०७८ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्न स्वीकृत दिएको छ ।

बोर्डका अनुसार एसएमस र आईभीआर अन्तर्गत ४ वटा संस्था र वेबसाइट मार्फत ९ वटा संस्था मार्फत नतिजा हेर्न सकिने छ ।

जसअनुसार जानकी टेक्नोलोजी प्रा.लि., इजी सर्भिस प्रा.लि.,आकाश टेक प्रा.लि.ले एसएमएस सेवाबाट नतिजा उपलब्ध गराउने छन् भने नेपाल टेलिकमले एसएमएस र आईभीआर दुवै मार्फत नतिजा दिने छ।

नतिजा हेर्नको लागि जानकी टेक्नोलोजीको सर्ट कोड ३५००१, इजी सर्भिसको सर्ट कोड ३४९४९, आकष्ण टेकको सर्ट कोड ३१००३ र नेपाल टेलिकमको सर्ट कोड १६०० रहेको छ। यी नम्बरमा आफ्नो सिम्बल नम्बर टाईप गरेर पठाएर नतिजा हेर्न सकिने छ । त्यस्तै टेलिकमले आईभीआर सेवा पनि दिने भएकोले १६०० मा कल गरेर त्यहाँ आउने निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने छ ।

वेबसाइट अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट www.neb.gov.np, स्प्यारो पे प्रा.लि.को वेबसाइट www.khalti.com, नीमा एडुकेशन फाउण्डेशन प्रा.लि.को वेबसाइट www.neemaacademy.com, कान्तिपुर पब्लिकेशन लि.को वेबसाइट www.ekantipur.com, द कनेक्ट प्लस प्रा.लि.को वेबसाइट www.theconnectplus.com, इडियु संजालको वेबसाइट www.see.edusanjal.com, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र रिडर्स पोइन्ट प्रा.लि.को वेबसाइट www.admissionnepal.com बाट पनि नतिजा हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै