१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

भुमिकास्थानको विकासका निम्ति सबै क्षेत्र श्रम र उत्पादनसंग जोडिनु पर्छ: नगर प्रमुख थापा

Workplace

गोपालप्रसाद भट्टराई अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगर प्रमुख झविलाल थापाले नगरको चौतर्फी विकासको निम्ति सबै क्षेत्र श्रम र उत्पादनसंग जोडिनु पर्ने बताउनुभएको छ । आन्तरिक स्रोत कम भएपनी भुमिकास्थानमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकोले यसलाई व्यवसायीक बनाएर समृद्धि हासिल गर्न सकिने उहाँको धारणा छ ।

भुमिकास्थान–४ को नवनिर्मित वार्ड कार्यालय भवन उद्घघाटन गर्दै नगर प्रमुख थापाले यस्तो बताउनुभएको हो । आगामी आर्थिक बर्षका योजना सुनाउदै नगर प्रमुख थापाले कक्षा १२ सम्म शिक्षालाई निशुल्क बनाउदै उत्पादनसंग जोड्नुको विकल्प नभएको उल्लेख गर्नुभएको छ । शिक्षा,स्वास्थ,कृषि र पर्यटनलाई विकासको आधार मानेर अगाडी बढ्ने भन्दै उहाँले १० वटै वार्डमा घुम्ती स्वास्थ शिविर चलाउने उदघोष गर्नुभयो । नगरपालिकामा मुस्कान सहितको सेवालाई चुस्त ढङ्गले कार्यान्वयन गर्न नगरप्रमुख थापाले मातहतका निकायलाई निर्देशन समेत गर्नुभएको छ ।

कार्यक्रममा नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले मन्तव्य राख्दै स्थानीय सरकारसंग धेरै अपेक्षा गरेको बताउदै सेवालाई ब्यापकता र विकासमा एकताको खाचो औल्यानुभएको छ । नेताहरूले उदारो आश्वासन बाडेर राजनीतिलाई धुमिल्याएको भन्दै उप–प्रमुख बन्जाडेले जनतालाई झुक्याउने राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले भवन निर्माण भएसङ्गै वडाबासीलाई गुणस्तरीय सेवा सहज र छरितो प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । परम्परागत झन्झटिलो प्रणालीलाई त्यागेर आधुनिक प्रणालीमा अव्यस्त हुन पनि उहाले कर्मचारीलाई निर्देशन गर्नुभएको छ । भुमिकास्थान–४ का वार्ड अध्यक्ष बाबुराम पन्थीको अध्यक्षता,वार्ड सचीव निलम शाहीको स्वागत मन्तव्य र शेषकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान–५ का वार्ड अध्यक्ष जयगोपाल श्रेष्ठ,राष्ट्रिय जनमोर्चाका नेता कृष्ण सुनार र जग्गादाता जगत बहादुर खड्काले मन्तव्य राख्दै राम्रो काममा हातेमालो र गलत काममा खबरदारी गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । विकास र जनसेवाको निम्ती गत कालका गल्ती सच्याउदै अगाडि बढ्न उहाँहरुको सुझाव समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै