परम्परागत सामाग्रीको संग्रालय बैकुण्ठपुरी पर्यटकको मुख्य गन्तव्य

नविन रसाईली अर्घाखाँची । परम्परागत सामाग्री पछिल्लो समय देख्न हराउदै छन् । पहिले पहिले देखिने मानो, पाथी, कोल, जाँतो, ढिकी, जुवा, हलो, जोतारा, ठेकी, मदानी, ओदान, सेउ, डम्फु, मादल, चौठो, सोली, डाला, बाँण, गुलेली, फुँगो, हुँका, चिलिम, सुल्फा, हर्पे, मदुस, क्यासेट, टुँकी, ढेब्री, पैनी, बाटो तथा चौतारोमा राख्ने धर्मशाला आदी अहिले फोटोमा मात्र देख्ने अवस्था आएको छ । आधुनिक प्रविधिको विकास भएसँगै पुराना सामाग्री लोप हुदँै गए । पुराना सामाग्रीलाई कौडीको भाउमा बेचेर नयाँ नयाँ सामाग्री ल्याए ।

पुराना सामाग्रीलाई संरक्षण गर्न र अब आउने पुस्तालाई पनि जानकारी गराउन अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्लामा केही समय अघि देखि बैकुण्ठपुरी संग्रालयको स्थापना भएको छ । “बाबु बाजेको पालाका सामाग्रीलाई पछी आउने पुस्तालाई पनि देखाउन र बुझाउन मैले यस संग्रालयको स्थापना गरेको हुँ” संग्रालयका अध्यक्ष निम बहादुर रिजालले बताए । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष समेत रहेका रिजाल यतिबेला बैकुण्ठपुरी संग्रालयमा परम्परागत सामाग्राीको संरक्षणमै व्यस्त देखिन्छन् ।

सन्धिखर्कको बैकुण्ठपुरी अहिले आन्तरिक एवं बाह्य पर्यटकको मुख्य पर्यटकीय गन्तव्य बनेको छ । यहाँ बिदाको दिस होस् वा अन्य कुनै दिन सधै मानिसको भिड हुन्छ, ‘यहा मानिसहरु पुराना सामाग्री हेर्न, फोटो खिच्न, भिडियो बनाउन, मगर ड्रेस पनि भएकाले मगर ड्रेस लगाएर नाच्न, रमाइलो गर्न आउने गर्छन’

‘नयाँ आउने पुस्ताले पुराना सामाग्रीको संरक्षण गर्न छाडे, परम्परागत सामाग्री वा सस्कृती र प्रकृतीको संरक्षण गर्नु सबैको दायित्व हो । मैले पनि पुराना सामाग्रीलाई खाजेर एउटा संग्रालय बनाउने सोचँ बनाए । सुरुमा त मलाई वरपरका छिमिकीहरुले कबाडी यसले के गर्न लाएको होला भन्थे, मैले उनिहरुको कुरा नसुनि परम्परागत सामाग्रीहरुको खोजी कार्य गर्दै गए, निकै लामो संर्घष पछि मैले बनाएको सोँचले पुर्णता पायो, अहिले सग्रालय मेरो दैनिकी बनेको छ । अहिले ३ जना कर्मचारी, म र बुढी यसैमै व्यस्त छौं । घुम्न आउने मानिसहरु यहाँको दृश्य र सामाग्री देखेर रमाउनुहुन्छ मलाई आनन्द लाग्छ ।’ रिजालले भने ।

हालसम्म कुनै पनि सरकारी निकाय, संघ, संगठनबाट यसको प्रवर्द्धन र संरक्षणमा सहयोग नभएको रिजालले गुनासो गरे । ‘राज्यको यस्तो संग्रालयमा संरक्षण र प्रर्वद्धन गर्न ध्यान नजादा निकै दुःख लाग्छ, राज्यले बैकुण्ठपुरीको संरक्षणमा ध्यान दिने हो भने बैकुण्ठपुरी सग्रालय राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमै परिचित हुने थियाो’

पुरा भिडियाे हेर्नुहाेस् । (भिडियाेः नविन रसाइली)

Workplace
Workplace
Workplace
Workplace
Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

महान पर्व बडादसैँ आजदेखि सुरु

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै