१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

छोरा र छाेरी विच हुने विभेदलाई न्यूनिकरण गर्न चेतना मुलक कार्यक्रम

Workplace

सागर परियार अर्घाखाँची । सन्धिखर्क नगरपालिका अन्तरगत सबै वडाहरुमा बसोबास गर्ने आम नगरवासीलाई लक्षीत गरि नगर क्षेत्र भित्रका छोरा र छारी विच हुने विभेदलाई न्यूनिकरण गर्दै छोरी लाई पनि छोरा सरह शिक्षा,स्वास्थ्य लगायतका दैनिक जिवनमा अन्य अन्तरसम्बन्धित विषयमा समान अधिकार स्थापित गरि सामाजिक न्याय कायम गर्न तत्कालिन नगर प्रमुख कमल प्रसाद भुसाल र उपप्रमख ठाकुर कुमार वि.कको विशेष पहलमा पालिकाले अघिल्लो आर्थिक बर्षमा नगर प्रमुख खुत्रुके बचत योजना कार्यक्रम ल्यायो । यो कार्यक्रमले नगर भित्रका पढ्न रुचि भएका तर आर्थिक अभाव कै कारण घर परिवारले पढाउन नसक्ने तथा छोरी लाई पढाउन हुन्न भन्ने मानसिक्ता बाट पछाडि परेका अधिकास छोरीहरु लाभांवित भए ।

त्यसकै फल स्वरुप अहिले नगरप्रमुख खुत्रुके बचत योजना कार्यक्रले निरन्तरता पाएको नगर उपप्रमुख मिश्रा आचार्यले बताउनु भयो । संचारिका समुह द्धारा नेपाल सरकार ,संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (ग्ल्ँएब्) संग समन्वय गरि तयार पारिएका “छोरा छोरी दुवै बराबरी,” “विभेदपुर्ण लिंक पहिचान गरि गर्भपतन गराउने कार्य कानुनत दंडनीय छ” भन्ने चेतना मुलक ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । आर्चायले प्रम्परागत सोचलाई अन्त्य गर्नको लागी नगर विभिन्न कार्यक्रम सहित लागि परेको बताउदै छोरिलाई महत्व दिने खालका कार्यक्रम ल्याउन आफु निरन्तर पहल गर्ने बातउनु भयो ।

त्यस्तै भुमिकास्थान नगरपालिकामा पनि ब्यानर हस्तान्तरण गरिएको छ । नगरपालिकाको बार्षिक निती तथा कार्यक्रम बनाउनको लागी सुझाव संकलनको क्रममा प्रमुख,उपप्रमुख र विभिन्न राजनैतिक दल नागरिक समाजको सहभागीतामा उक्त ब्यानर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख झविलाल थापाले छोरी तथा महिलाका विभिन्न महत्वपुर्ण कार्यक्रमका लागी उचितम बजेट बिनियोजन गर्ने बताउनु भएको थियो । छोरी सौभाग्यले पाउने बताउदै छोरीलाई पनि छोरा सरह समान अधिकार र महत्व दिन सम्पुर्ण नगरबासी लाई आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासघं अर्घाखाँचीलाई पनि पछिल्लो समय अर्घाखाँचीमा छोरीहरुको संख्यामा कमी आइरहेको र लिंग पहिचान गरि गर्भपतन गर्ने बडि भईरहदा विभेदपुर्ण लिंग छनोट रोकथाम र अन्त्यका लागी समचार संप्रेषणमा विशेष महत्व दिन आग्रह गर्दै सचेतना मुलक सन्देश लेखिएका ब्यानर हस्तान्तरण गरिएको हो । महासघंका अध्यक्ष असोक कुमार खनाल यो कार्य निकै महत्वपुर्ण भएको कारण यसमा नेपाल पत्रकार महासंघ सधै विभेदपुर्ण लिंग छनोटको रोकथाम र अन्त्यको लागी सधै साथ रहेको , लिंग पहिचान गरि गर्भपतन गर्नेका विरुद्ध र छोरा र छोरी दुवै बराबरी हुन भन्दै सवै पत्रकारहरुलाई यसलाई मध्ये नजर गर्दै समचार लेख्न आग्रह गर्नु भयो । साथै यस महत्वपुर्ण कार्य लागी संचारिका समुहलाई विशेष धन्यवाद समेत ब्यक्त गर्नु भयो । सन्धिखर्कमा रहेको मेरी सपोट सेन्टर सन्धिखर्कलाई पनि उक्त ब्यानर हस्तान्तरण गरिएको हो । ब्यानर हस्तान्तरण राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँची अध्यक्ष सागर परियार, प्रेस लुम्विनी डटकमका ब्यवस्थापक नविन रसाईली लगायतका क्रियाशिल पत्रकारहरुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै