अर्घाखाँचीः धान दिवस तथा रोपाइँ मोहोत्सव (तस्विरहरु)

Workplace

नविन रसाईली अर्घाखाँची । अर्घाखाँचीमा १९ औं राष्ट्रिय धान दिवस तथा असारे रोपाइँ महोत्सव २०७९ सम्पन्न भएको छ । अर्घाखाँचीका विभिन्न स्थानहरुमा रोपाइँ गरेर आज बुधबार मोहोत्सव मनाइएको हो । जिल्लाको सन्धिखर्क नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरुले पनि किसान सँगै धान रोपेर मोहोत्सव मनाए । नगरपालिकाले “धान बालीमा जैविक विविधताको उपयोग, आयत प्रतिस्थापन सहयोग” भन्ने मुल नाराका साथ दिवस मनाएको थियो ।

रोपाई मोहोत्सवमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्नु आवश्यक रहेको बताए । उनले कृषी पेशालाई आधुनिकीकरणमा जोड दिनुपर्ने बताउदै सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी भएको बताए ।

नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल

नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी सँगै स्थानिय किसानले आज असार १५ सँगै धान रोपेर, हिलोमा खेलेर मनाउन पाउदा किसान उत्साहित भएको एक किसानले बताए । धान रोपाइँ सुरु भए पनि सरकारले किसानलाई समयमै मल, बिउको व्यवस्था गर्न नसकेको किसानहरुको गुनासो छ ।

सन्धिखर्क नगरपालिका वडा नं. १० बिहारमा किसानहरु धान रोप्न बिउ निकाल्दै
तस्विरः नविन रसाईली

यसैबिच कृषि ज्ञान केन्द्र अर्घाखाँचीले पनि १९ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ मोहोत्सव २०७९ मनाएको छ । कृषि ज्ञान केन्द्रले सन्धिखर्क नगरपालिका वडा नं. १० बिहारमा रहेको हिमालय कृषि तथा व्यवसायिक पशुपंक्षी फर्ममा किसान सँगै धान रोपेर दिवस मनाएको हो ।

तस्विरः नविन रसाईली

रोपाइँ महोत्सवमा सहभागीहरु असारे भाकामा गित गाउँने, धान रोप्ने, हिलोमा छिरेर टिकटिक बनाउनदेखि सेल्फी खिच्न व्यस्त देखिन्थे । महोत्सवस्थलमा रमाइलो भइरहँदा नजिकैका खेतमा भने किसानले काम गरिरहेका थिए ।

तस्विरः अशोक खनाल
तस्विरः नविन रसाईली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै