नेकपा (एस)उपत्यका युबा विशेष जिल्ला कमिटीको अध्यक्षमा भट्टराई

Workplace

हृदय भुसाल काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को उपत्यका युवा बिशेष जिल्ला कमिटीको प्रथम भेलाले सुशील भट्टराईको अध्यक्षतामा ३१ सदस्य
उपत्यका कमिटी गठन गरेको छ ।

काठमाडौमा भएको उक्त भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधब कुमार नेपालले नयाँ कमिटीलाई बधाई तथा सुभकामना दिदै अब सबै युबा हरु पार्टि काम सगै उत्पादनमा पनि लाग्नुपर्ने बताए । पुर्ब प्रधानमन्त्री नेपालले बिगतका हरेक परिबर्तनका आन्दोलनमा युबाहरुको महत्त्वपूर्ण भुमिका रहेको भन्दै अब हुने युबाका कार्यक्रम थप रचनात्मक,तथा समाजवाद उन्मुख कार्यक्रम बनाई अगाडी बनाउनुपर्ने बताए ।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य नरेश शाहीले अबको युवा आन्दोलनलाई जनताको जनजिबिका सबाल संघ जोडदै युवाहरुको लोकप्रिय र अब्बल संगठनको रुपमा निर्माण गरिने बताए । अध्यक्ष शाही पार्टी निर्माणको छिटो समयमै पनि सफलता हासिल गरेको भन्दै युबा हरुले अनुभुती गर्ने गरि काम गर्ने बताए ।

युबाहरुको खास सु:ख दुःख को असल सारथि हो भन्ने गरि काम गर्ने नब निर्वाचित अध्यक्ष सुशील भट्टराईले बताए ।कार्यक्रममा जमुना सनम,बिना नेपाली रास्टीय कलाकार हरुको प्रगतिशील गित तथा नृत्य समेत प्रस्तुत भएको युवा संघले जनाएको छ । कार्यक्रम केदार सन्जेलको अध्यक्षता र भोला पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै