लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

Workplace

दाङ – महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ । एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ पर्नुभएकाे हाे ।

आज बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएकाे थियाे।

मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगिएकाे छ । वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएकाे थियाे । उपचुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएकी वली अहिले नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ ।

केही समय पहिले राज्य मन्त्री वली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै