स्थानिय युवा र सन्धिखर्क नगरपालिका बिचको सहकार्य कार्यक्रम सम्पन्न

Workplace

नविन रसाईली अर्घाखाँची । पारस्परिक जवाफदेहिता परियोजना“ सँगको सहकार्यमा संचालित दायित्व नेपाल जनप्रशासन फेलोशिप २०२२ द्धारा स्थानीय युवा र सन्धिखर्क नगरपालिका बिचको सहकार्य कार्यक्रम सम्पन्न भएको छ ।

Workplace

कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले कृषि पेशालाई दिगो व्यबसायिक बनाउनका लागि नगरपालिकाबाट आफुले उचित बजेट विनियोजन गनें बताउदै अब झोलामा कागज पत्र राखेर अनुदान खानेलाई जुनसुकै हालतमा कायंबाही गरिने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले अनुदान वितरण गर्दा कृषी फर्मको अनुगमन गरेर मात्र गरिने बताएका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, पशु शाखा प्रमुख नारायण खनाल तथा सन्धिखर्क नगरपालिकामा कृषि व्यवसाय गर्दै आएका विभिन्न कृषि फर्महरुका संचालक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी कृषकहरुले सन्धिखर्क नगरपालिकाले अनुदानलाई व्यवस्थित गर्न नसकेको बताउदै नगरपालिकाले अनुदान वितरण गर्दा कृषी फर्महरुको अनुगमन गरेर मात्र वितरण गर्नुपर्ने बताएका थिए । उनिहरुले नगरपालिकाले अब कृषकहरुको मुल्यसुची एकैनास निर्धारण गराइदिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम बसन्त श्रेष्ठको अध्यक्षता, अनिल नेपालीको स्वागत मन्तव्य र सागर परियारको सहजीकरणमा सम्पन्न भएको थियो ।

कार्यक्रमको आयोजना गरेका युवाहरु कार्यक्रम हुनुपुर्व कृषकको फर्महरुको अनुगमन गरेका थिए । अनुगमनको क्रममा उनिहरुले कृषकहरुको समस्या, अब नगरपालिकाले गनुपर्ने कार्य लगायतको जानकारी लिएका थिए । अनुगमनको क्रममा एक किसानले भने नगरपालिकाले व्यवस्थित अनुदान वितरण नगर्दा कोही किसानहरु विस्थापित हुनुपरेको गुनासो समेत गरे ।
अनुगमनका तस्विरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै