२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

प्रधानमन्त्री देउवालाई बुझाईयो समाजवादीका नयाँ मन्त्रीहरुको नामावली

Workplace

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली बुझाएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् ।

आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको बताईएको छ ।

सहरी मन्त्री रामकुमारी झाक्रीको ठाउँमा मेटमणि चौधरी, पर्यटनमन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ र श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरको नाम पठाईएको बताईएको छ ।

राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थमन्त्री विरोध खतिवडाको ठाउँमा नाम पठाईएको छ ।

यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै