“बिडम्बना”

Workplace

कता गयो पृथ्वी नारायण शाहको दिव्योपदेश !
सायद ईतिहासको पानामा हराइरहेछ ।
कसैको सामु हात नफैलाउने उनको दृढ निश्चय
आज संसारको कुना कुनामा भीख माग्दै कराईरहेछ।।

वीर गोर्खालीहरुको देश नेपाल
आज आफै चपेटिएर कहराईरहेछ।
नेपाल आमाको छातीमा लागेको आलो घाउ
आज खप्नै नसक्ने गरी चहराइरहेछ ।।

विश्व साम्राज्यवादलाई चुनौति दिने समृध्द नेपाल
आज संसारमै सबैभन्दा पछाडि परेछ ।
सुनिन्छ आज नेपाली को प्रहारबाट नेपाली नै मरेछ ।
बुध्दले शान्तिको सन्देश छरेर गएको देश
आज युद्ध भूमिका परिणत हुदैछ ,
वीर पुर्खाहरूको स्वाभिमानी भेष
आज एक्लो बनेर रुँदैछ ।।

सीता र भृकुटी जस्ता आदर्श नारी हुर्काएको माटोमा
आज दिउँसै नारी अस्मिता लुटिँदैछ ,
विश्व भरी एकताको सन्देश दिने देशमा
बाध्यताले नेपालीको साथ नेपाली बाटै छुटिदैछ।।

लाखौं नेपाली आज विदेशी राष्ट्रियताको निम्ति
रातोदिन रगत बगाउँदै छन ,
ज्यानको बाजी लगाई कत्ति पनि नडराई
पराइलाई दिलो ज्यानले सघाउँदैछन ।।

लाखौं नेपाली आज पनि बाध्य छन
विदेशीको गुलामी गर्न ,
आफ्नो देश कङ्गाल हुँदै गए पनि
खुशी छन पराईको भकारी भर्न ।।

प्राकृतिक सम्पदाको खानी नेपाल
अलकापुरी बनाउन सकिने सम्भावना,
विपनामै सपना जस्तो भयो
आखिर दोषी को ? दोष कस्को ?
यो कस्तो बिडम्बना!
कस्तो बिडम्बना ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

जिन्दगी (कविता)

0

“म के भएँ ?”

0

अर्घाखाँचीमा हराउदै मौलिक तिहार

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै